Categories: बाल कथा

संस्कार

प्रा.डा. खेमराज खनाल
पिण्डेश्वर क्याम्पस, धरान-१४, सुनसरी

निकै समय साहुजीका छोराछोरी भएनन्। अनाथ केटो गोद लिए। दुई वर्षपछि साहुनीले नि छोरो पाइन्। दुबै सन्तान हुर्किँद‌ै गए। मोबाइल हेरिरहन्थे। पढ्न मन गर्दैनथे। जेठाले मरीतरी दस छिरायो। साहुजीले भने, “तँ पढ्न मन गर्दैनस्। दोकानमा बस् ।” पढ्नुपरेन । जेठो दङ्ग पर्यो । कान्छो उनकै रगत थियो। उसलाई भने, “तँ पढिराख् । काम गर्नुपर्दैन। दाजुले गर्छ।” पढ्नुपर्यो। कान्छो निराश भयो।
जेठो साहुजीसँग दोकानमा बस्यो। त्यहीँ रमायो। आमाबाबुबाट संस्कार सिक्यो। साहुले दोकान उसकै नाममा गरिदिए ।अरू श्रीसम्पत्ति कान्छाले पायो। ऊ पढाइमै हरायो। विदेश गयो। उतै घरजम गर्यो। जेठो आमाबाबुको सहारा बन्यो। साहुजीले थाहा पाए, सन्तानलाई शिक्षाभन्दा संस्कार बढी दिनुपर्ने रहेछ।

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

21 hours ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

22 hours ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

2 days ago

“तिमी बस्छौ सहरमा”

ललिता ‘दोषी’ तिमी बस्छौ सहरमा म त गाउँमा पाइलैपिच्छे ठेस लाग्छ मेरो पाउमा लहै ठेस…

2 days ago

बाढी

रम्भा पौडेल स्कुलमा प्रार्थानाको समय भएको थियो । सबै विद्यार्थीलाईनमा उपस्थित थिए। पिटी सरले गोडा…

2 days ago

“घुमिफिरी रुम्जाटार”

श्यामप्रसाद श्रेष्ठ “हे बाढी! तिमी आफ्ना पाइला रोक। हाम्रो बस्ती उजाड पारेर, खेतबारी र घरहरू…

3 days ago