Categories: बाल कथा

भित्ताको सन्देश


नन्दलाल आचार्य

​नयाँ विद्यालयको सेतो भित्तामा सानो अङ्कितले रङ्गीन चकले केही कोर्दै थियो । अचानक पछाडिबाट आवाज आयो, “ए बाबु, के गर्दै छौ त्यहाँ ?”
​अङ्कित झस्कियो । उसको हातमा चम्किलो नीलो चक थियो । उसले डराउँदै भन्यो, “म त… अक्षर लेख्दै छु, दाइ हजुर !”
लौरो टेक्दै आउनुभएका अवकाशप्राप्त पाले दाइले भित्तामा हेर्नुभयो । त्यहाँ आधा लेखिएको शब्द थियो- ‘सफा’।
“यो अक्षर मात्र हो कि अनुशासन ?” पाले दाइ मुस्कुराउनुभयो।
“यो त हाम्रो कर्तव्य हो,” अङ्कितले साहस बटुल्दै भन्यो, “सबैले फोहोर फाल्छन्, त्यसैले सम्झाउन खोजेको ।”
विद्यालय शान्त थियो । पाले दाइले भित्तामा सुस्तरी हात राख्नुभयो र भन्नुभयो, “बाबु, अनुमति बिना भित्तामा लेख्नु नियम विपरीत हो । हेडसरले देख्नुभयो भने गाली गर्नुहोला।”
अङ्कितको मुटु ढुकढुक भयो । उसले सोध्यो, “हजुरले मलाई सजाय दिनुहुन्छ ?”
वृद्धले टाढा हेर्दै भन्नुभयो, “म पनि तिम्रै उमेरमा विद्यालयको भित्तामा यस्तै सपना कोर्थें ।”
​परबाट घण्टी बज्यो । वृद्धले जाँदाजाँदै गुनगुनाए, “अहिले म तिमीलाई रोक्ने पाले हुँ, तर भोलि यही ‘सफा’ शब्दले मेरो विद्यालयलाई अझै सुन्दर बनाउनेछ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

16 hours ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

16 hours ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

2 days ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

4 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

4 days ago