पुण्यप्रसाद घिमिरे
गाली दियाैभने,
हाम्राे मन दुख्छ,
ताली दियाैभने,
हाम्राे मन उठ्छ।
जस्ताे शिक्षा पायाैँ,
उस्तै बानी लुक्छ
मायाँ गर्नेसँग,
हाम्राे शिर झुक्छ।
धेरै हावा भरे,
भकुण्डाे नै फुट्छ,
गच्छे हेरी काम,
जाेश जाँगर जुट्छ।
सही मार्ग दिए,
गन्तव्यमा पुग्छाैँ,
चञ्चल बालापन,
फननन घुम्छाैँ।
कताकता पुग्छाैँ,
यताउता पुग्छाैँ,
धरतिलाई हेर्दै,
सिर्जनामा फूर्छाैँ।
वातावरण राम्राे,
घर स्कुल फुल्छाैँ
गाेड मेल गरे,
धानबाला झुल्छाैँ।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…