पुण्यप्रसाद घिमिरे
गाली दियाैभने,
हाम्राे मन दुख्छ,
ताली दियाैभने,
हाम्राे मन उठ्छ।
जस्ताे शिक्षा पायाैँ,
उस्तै बानी लुक्छ
मायाँ गर्नेसँग,
हाम्राे शिर झुक्छ।
धेरै हावा भरे,
भकुण्डाे नै फुट्छ,
गच्छे हेरी काम,
जाेश जाँगर जुट्छ।
सही मार्ग दिए,
गन्तव्यमा पुग्छाैँ,
चञ्चल बालापन,
फननन घुम्छाैँ।
कताकता पुग्छाैँ,
यताउता पुग्छाैँ,
धरतिलाई हेर्दै,
सिर्जनामा फूर्छाैँ।
वातावरण राम्राे,
घर स्कुल फुल्छाैँ
गाेड मेल गरे,
धानबाला झुल्छाैँ।
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…