Categories: कविता

“भोलिका कर्णधार”

लक्ष्मी न्यौपाने
जोहाङ्ग रन्जित प्रसाद लालचन रुद्रावती मा बि सत्यवती -६ गुल्मी

आज छौ तिमी कलिला मुना भोलिका कर्णधार
परिवार समाज राष्ट्रको पनि बन्नु छ जिम्बेवार
जीवन रक्षा र सचेत बनाउनेलाई आदर गरेर
हाँक्नु छ रथलाई असल मार्गमा परिश्रमी बानेर।

हरेश नखानु खडकिलाहरु उकाली ओराली
मिहिनत गर्नु जिज्ञासु बन्नुआफूलाई सम्हाली
कर्तव्य बाट पछि नहट्नु सत्यलाई साथमा
गलत विचार र अहंकारलाई फालेर पाखामा।

नसोची कहिले सानो आफूलाई बढ्नु छ अगाडि
अनुशासन र इमानदारितालाई सदैव अंगाली
लम्किन्छ सधैँ ती कलिला पाइला सुकर्मी मार्गमा
निरासाबादी शब्दलाई कहिले नराख्नु मनमा।

गरोस राज्यले उचित संरक्षण विवेकशील बनेर
कलिला साना ती मस्तिष्कमा असल ग्यान भरेर
सहारा बिहिन बालबालिकाको अभिभावक बनेर
नीति र नियम उल्लेखित कुरा कार्यान्वयन गरेर।

सोच्नु सबले यो सुदिनलाई फरकपनले
जिम्बेवार बनी हृदयबाट स्वफुर्त मनले
रोपण गरौँ असल ज्ञान संस्कार सीपको
उजागर गरी अगाडि बढाऔँ उकासौँ दीप यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

13 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

13 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago