Categories: बाल कथा

भ्यागुतो र कमल फूल


निमा छिरिङ भोटिया
जलढाका कालेबुङ

“भो भो बेसी कुरा नगर। तिमी पनि यो हिलोमा नै फूल्छौ __!” भन्दै कमल फूललाई जिस्काउँदै भ्यागुतो बोल्छ।भ्यागुतोको कुरा सुनेर कमल फूल मुसुमुसु हाँस्दै बोल्छे ___”हजुरले भन्नु त ठीकै भन्नु भो। तर म हिलैमा फूले पनि मानिसहरू मलाई धेरै माया र प्रेम गर्छन् नि।”
कमल फूलको कुरा सुनेर भ्यागुतो दुःखी हुँदै भन्छ ___”के गर्नु नि ___? ईश्वरको रचना पनि कस्तो कस्तो छ। यो हिलैमा बस्ने हामीलाई चैँ मानिसहरू देख्ने बित्तिकै घृणा गर्छन् भने यो हिलैमा फूल्ने तिमीलाई चैँ शीरमा उनेर लगाउँछन।” “ठीकै कुरा हो हजुरको। यो नै होला सायद भाग्य भनेको। तर एउटा कुरा फेरि मानिसहरूको म अचम्म लाग्छ नि __!” “हन के कुरा नि यस्तो ____?” भन्दै भ्यागुतोले जिज्ञासु बनेर सोध्छ।
“यदि कुनै ठाँउतिर एकदमै पानी परेन भने हजुरहरूको जोड़ीलाई समातेर मज्जाले विवाह गरिदिन्छन् । यसरी हजुरहरूको जोड़ीलाई समातेर विवाह गर्यो भने पानी पर्छ भन्ने मानिसहरूको अन्धविश्वास पनि छ।” भन्दै कमल फूलले सुनाउँछिन्। भ्यागुतो पनि अचम्म मान्दै बोल्छ ___”खै यो मानिसहरूले मनमा जे आयो उसै गरेको होला नि।तर एउटा कुरो चैँ अचम्मको छ। तिमी पनि हिलोमा अनि हामी पनि हिलोमा तर मान सम्मान चैँ तिमीलाई कति धेरै नि।”
“यो त सबै ईश्वरको आर्शीवाद नै होला नि हजुर!”भन्दै कमल फूलले उसलाई भन्छिन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

3 hours ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

4 hours ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

4 hours ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

1 day ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

1 day ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

1 day ago