Categories: बाल कथा

भ्रमित


आचार्य प्रभा
दमक, झापा

“जिना हेर न !ऋषिकालाई त्यो वनपिस जामाले कस्तो नसुहाएको ? लाउँदा पनि आफूलाई सुहाउँने लाउँनु नि !” रिताले जिनालाई भनिन्।
जिनाले आश्चार्यचकित बन्दै बनिन् । “किन ? तिमीले पहिलोपल्ट देख्दैछौ ? ऋषिकाले वनपिस लाएको !!!यसमा अचम्म मान्नु पर्ने के छ र ? उनले लाउँने ड्रेस सधैँ त्यस्तै हो।”
जिनाको जवाफले रिताको मन खिन्न भयो र भनिन् । -“अस्ति आफ्नी छोरीहरुको गुन्यूचोलीमा लाखौँलाख खनाईन्। धुम्धामले गुन्यूचोलो गरेर समाजमा आफ्नो परम्परा, सँस्कृतिलाई अँगालेको देखाईन् । तर आफूले भने सधैँ यस्तै ड्रेसहरु लाएर हिँडेको देखेर भनेकी नि! मैले।”
जिनाले फिक्का मुस्कान छाड्दै भनिन् । -“रिता तिमीलाई थाहै छ। अहिलेको दुनियाँ सब देखाउँने होड्बाजीमा छ । हात्तिका दुईवटा दाँत हुन्छन् रे ! एउटा चपाउँने, अर्को देखाउँने । हो यस्तै तथ्य अहिलेको समाजका मान्छेहरुमा हाबी भएको छ । ऋषिकामा पनि त्यहि भएको हो ।”
जिनाको कुराले रिताले केहीक्षण मौन बन्दै फेरि भनिन् -” कस्तो समय आयो नि? सबै आडम्बरमा बाँचेर दुनियाँलाई भ्रमित बनाउँनु पर्ने? यस्तै भ्रममा सब मख्ख छन् । रवाफ देखाएरै जिविका चलाउँनु पर्ने ।”
दुवै एकैछिन एकोहोरिए झैँ भए। अन्त्यमा जिनाले भनिन् । -“रिता मलाई त फोस्रो रवाफ देखाउँनु छैन। म त मेरी छोरीलाई गुन्यूचोलो लाईदिन नै त्यतिका खर्च गर्नु भन्दा बरु वृद्ध आश्राममा छोरीलाई लान्छु र बुढाबुढीको आशीर्वाद लिन लाएर गुन्यूचोलो लाई दिन्छु बस् ।”
फेरि तिमीलाई सँस्कारहिन भन्लान् नि! आजकाल त देखावटी कर्म नै संस्कार बनी सकेको छ। सबैले कुरा काट्लान् है जिना ।” रिताले व्यंग्य हानिन्।
“कसैले कुरा काट्दैमा मेरो केही जाँदैन । धेर ढर्रा गर्ने भएर गुन्युचोलीमा लाखौँलाख खर्च गर्दा मेरी आमाजू ऋणमा डुबेर अझै शिर ठाडो पार्न सक्नु भाको छैन । बरु कुरा काटुन्। शिर नढलोस्।” जिनाको शब्दले रिता निशब्द बनिन् ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

15 hours ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

15 hours ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

2 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

2 days ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

3 days ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

3 days ago