Categories: बाल कथा

मच्छड्नी आमा


नन्दलाल आचार्य

“तँलाई मेरो ध्यान बिथोल्ने अधिकार कसले दियो ?” पञ्जामा पारेपछि मैले भनेँ ।
त्यसअघि ​योगमुद्रामा लीन भएकै बेला दाहिने बुढी औँलामा ‘च्वास्स’ घोचिएपछि मेरो एकाग्रता भङ्ग भएको थियोे। आक्रोशित हातले शून्यतामा झम्टिँदा त्यो सूक्ष्म प्राणी भुर्र उडेर नजिकैको भित्तामा बसेको थियो । म राता आँखा पार्दै त्यसको संहार गर्न जुरमुराएको थिएँ।
“पर्खी माहिला ! मेरो अर्ति सुन्, अनि मात्र मृत्युदण्डको फैसला गर् ।” सुक्ष्म स्वर हावामा गुञ्जियो । म अवाक् भएँ । एउटा सामान्य मच्छडले मलाई जीवन दर्शन सिकाउँदै थियो ?
त्यसले भन्यो, “मैले त केवल तेरी स्वर्गीय आमाको रिक्तता मेटाउने प्रयत्न गरेकी हुँ ।”
​मेरो हात हावामै रोकियो । मस्तिष्कमा बाल्यकालका बिहानहरू स्मृति-विम्ब बनेर नाच्न थाले । बिहानै नपढेको झोकमा आमाले सिरक तान्दा म कति फन्फन्ती रिसाउँथेँ ! कहिले गाग्रीको चिसो पानी त कहिले कठोर शब्दका बाणहरू प्रहार हुँदा भने रिसले आगो हुन्थेँ ! तर, ती सबै प्रहारको अन्त्य सधैँ तातो खाजा र आमाको मखमली मायामा हुन्थ्यो ।
​”आमाले त ममता पस्कन्थिन्, तैँले त मेरो रगत चुसिस् नि !” मैले प्रतिवाद गरेँ।
त्यसले पखेटा फट्फटाउँदै भन्यो,”जोसँग जे छ, उसले त्यही त दिने हो। आमासँग अमृत थियो, म त केवल एउटा विम्ब हुँ ।”
“मैले त केवल ध्यान पो गरिरहेको थिएँ त !”
त्यसले मेरो अहङ्कारमाथि अन्तिम प्रहार गर्दै भन्यो, “ध्यानको आवरणमा तँजस्ता उँघिरहेकाहरूलाई बिउँझाउन कहिलेकाहीँ प्रेमभन्दा पीडाकै डसाइ बढी प्रभावकारी हुन्छ ।”
​”त्यसो भए यो मैले चुकाएको रगतको मूल्य ?”
“यो त निद्राबाट जागरणमा प्रवेश गर्दा तिरेको सानो दस्तुर मात्र हो !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

माछाको जुलुस

निमा छिरिङ भोटिया जलढाका कालेबुङ, भारत आज यो हरियो दह सुनसान भएको देखेर बुढो माछा…

20 hours ago

“नातिनी”

गणेश आत्रेय मदनपोखरा,पाल्पा सानी म नानी "इशिता" तपाइँकी। हो नातिनी चिन्नु भयो! भएन कि! भन्दै…

21 hours ago

Learning By Doing: Effective Teaching Method

Premnarayan Bhusal Last week, a video related to a cultural programme, organised by a school…

2 days ago

क्षमता

रम्भा पौडेल स्कुलले सूचना जारि गर्यो । अब हाम्रो स्कुलको वार्षिकोत्सव आउँदै छ । यो…

2 days ago

मोहनी मित्रताको

रमेश खकुरेल जिन्दगीमा निकै झेल्नु झेल्दै चलेँ चेपिएथेँ कुनैमा कुनैमा छलेँ किन्तु जे जे परे…

2 days ago

नयाँ वर्ष २०८३

सुयोग ढकाल हाम्रो पात्रो नयाँ वर्ष विक्रम संवत् २०८३ आजदेखि हाम्रा सामु उपस्थित भएको छ…

3 days ago