रमेश खकुरेल
जिन्दगीमा निकै झेल्नु झेल्दै चलेँ
चेपिएथेँ कुनैमा कुनैमा छलेँ
किन्तु जे जे परे ती सबैमा बलेँ
एक मायाँ यही पाउँदामा ढलेँ ।।
स्नेह कस्तो बनाएछ यो दैवले
एक हात्ती थियो बाँधियो डोरले
शक्ति चुँड्ने थियो किन्तु बाँधिन्छ ऊ
छैन केही लिसो किन्तु टाँसिन्छ ऊ ।।
घाँसका बाटिएका यिनै हुन् तृण
लाग्छ लाए यिनैले हजारौं ऋण
लुट्पुटी हुन्छ आफै यहाँ यो मन
मोहनी के लगायौ तिमीले भन ।।
लाग्छ झन् बाँधियूँ झन् अझै टाँसियूँ
मित्रको चित्तमा एक भै गाँसियूँ
जिन्दगानी यही चालले गैरहोस्
मित्रताको कथामा उँभो भैरहोस् ।।
आत्मराम न्यौपाने जल्ले बाँड्नुभयो प्रकाशित दियो सद्ज्ञानको चेतको जल्ले मेट्नुभयो घनान्ध मनको अज्ञान सङ्केतको जल्ले…
सम्पूर्ण गुरुहरूमा हार्दिक नमनका साथै शुभकामना। अम्बिका धिताल विद्यालय श्रद्धाले सजिएको थियो। कसैले फूलको गुच्छा…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…