रम्भा पौडेल
शिबाम्स ? ए शिबाम्स ? “छिटो घर आउ । के हेरिरहेको ? छिटो आउ।” शान्तिले छोरालाई हर्कार्दै भनिन्। “पखनु न। एक छिन । एैले आउछु के ।” शिबाम्सले जबाफ फर्कायो।
छिमेकीकोमा काट्दै गरेको खसीको दृश्य हेरिरहेको शिबाम्सले मनमनै भन्यो —“यो त हाम्रो घरको मने जस्तै छ । ”उसले नियालेर हेरिरहयो । खसीको टाउको काटने बेला उसले आँखा चिम्म गरयो।
उता आमाले फेरि हर्कादै भनिन् । “शिबाम्स कति नटेरेको हो ? घर आउ छिटो । सानो मान्छेले खसी काटेको हेर्ने होइन।” आमा कराए पछि “आए के आए ” भन्दै शिबाम्स घर फर्कियो । “आफनै घरको आगनमा खेल न तिमी। किन गएको अर्काको घरमा ।” आमाले फेरी भनिन्।
आफनै आगनमा खेल्दा खेल्दै ऊ गोठमा पुग्यो । यता उति हेर्यो । उसले मनेलाई देखेन । ऊ दौडदै भित्र गयो र आमालाई सोध्यो।
आमा! “हाम्रो मने खोई ?”
आमाले भनिन —“बाबु दशैँ आयो नी । घरमा चाहिने सामान ल्याउनु परयो नी । त्यसैले मैले मनेलाई बेचिदिएँ। मासु पाकेको छ । खान आउ ।”
उसले रुँदै भन्यो —“त्यै मनेको मासु होला नी । म मरेपनि खान्न ।” त्यो रात ऊ छटपटिदै मनेलाई सम्झीरहयो।
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…
View Comments
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.binance.com/register?ref=JW3W4Y3A