शुक्रराज कुँवर
धरान १०

राजु झुत्रे झाम्रे लुगा लगाएर बाटोमा एउटा प्लाष्टिकको बट्टा लात्ताले हान्दै हिड्दै थियो। एकाबिहानै उसको बाले चुरोट किनेर ल्याइ दिएन भनेर लात्ताले भकुरेको हुँदा ऊ सडकमा पुगेको थियो। रक्सी खाएर मातेर हल्ला गर्दै घर आउनु अनि आमालाई तथानाम गाली गरेर भकुर्नु राजुको बाको दैनिकी नै थियो।
ऊ बुझ्ने भए देखि नै बाको माया कस्तो हुन्छ उसलाई थाहा थिएन र उसले बुझेको थियो कि सबैका बा त्यस्तै हुन्।
परबाट सुकिला मुकिला लुगा लगाएर उसको साथी दिपेश आउँदै थियो । साथमा उसका बा पनि थिए । उसले बाको हात समाएको थियो। आफूलाई मन परेको विभिन्न कुरा उसले बा सङ्ग किनी माग्यो। उसका हरेक इच्छा पूरा गरेकोमा उसका बा खुसी देखिन्थे।
बाबुको वात्साल्य नपाएको राजु अचम्म मानेर हेरिरह्यो। साथीलाई उसले बोलाएन।
उसले पहिलो चोटि अनुभव गर्यो कि सबैका बा एकैनास हुँदा रहेनछन्।

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

15 hours ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

15 hours ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

16 hours ago

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

1 day ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

1 day ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

3 days ago