तुलसी पण्डित

हजुरआमा निकै बेर टोलाउनु भयो, नाति आश्चर्यमा पर्यो र उसले हजुरआमालाई भन्यो।
“हजुरआमा हजुर कति भाग्यमानी है । नाति पाउनु भयो ?”
नातिले त्यति भन्दा पनि हजुरआमाको मन रमाएन । उहाँ एक तमासले सोचमग्न हुनु भयो ।
यो नातिनी बुहारीले पनि छोरो पाई । उसको पनि मेरो जस्तै हविगत हुने भयो । मेरो छोरीको आसमा पाँचओटा छोरा जन्मिए । तर त्यति धेरै छोरा हुँदा पनि मेरो मनमा कता कता पीडा मात्र बल्झि रह्यो । जीवनमा सार्थकता भएको महशुस भएन मलाई । छोरी भएर वरिपरि सबैको घर उज्यालो हुन्थ्यो । तर आफ्नो घरमा कहिल्यै उज्यालोले प्रेवश पाएन । लाग्थ्यो सधैँ आफूलाई सबैले खिसी गरि रहेका छन् ।
नाति जिल्ल पर्यो । यो खुशीमा किन हजुरआमा टोलाइ रहनु भएको छ । बोल्नु भएको पनि छैन । झन् तनाव बढे जस्तो लाग्छ । उहाँको अनुहारमा चमकता छैन । उसले गम्भीर हुँदै प्रश्न गर्यो।
“हजुरआमा मैले थाहा पाए तपाईँको मर्म ?”
“के थाहा पायौ बाबु ।”
“नाति भन्दा नातिनीको जन्म भएको भए हजुर धेरै खुशी हुनुहुन्थ्यो है ?”
“बाबु तिमीले यो कसरी थाहा पायौ ?”
“हजुरको अनुहारको भाव मैले पढी रहेको छु ।”
“हो बाबु मेरो छोरी न हुँदा कतिपय चाहनाहरू पूरा हुन सकेन ।” ल हेर बाबाले हजुरलाई सधैँ भन्नुहुन्थ्यो ।
“आमा म हजुरको लागि के ल्याइ दिउँ । आवश्यक कुराहरू सबै निर्धक्क साथ भन्नु होला । फेरि उहाँले हरेक चिज ल्याएर दिनुहुन्थ्यो ।”
“बाबु छोरीले जसरी आमाको भित्री मर्म बुझ्न छोराहरूले कहिले पनि सक्दैनन्।”
नाति आश्चर्यमा पर्यो र उसले गम्भीर हुँदै भन्यो। “हजुरआमा त्यस्तो के हुन्छ र छोरीले आमाको भित्री मर्म बुझेर ल्याइ दिने कुराहरू ?”
“टीका , सिम्रिक ,लाली, पालिस, चुरा र भित्री कपडाहरू आमालाई चाहिन्छ भनेर ल्याइ दिने उहीँ छोरीले मात्र त होनि बाबु ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

18 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

19 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

19 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago