“कियानको उद्देश्य”


रञ्जुश्री पराजुली

कियानलाई धेरै साथीहरु बनाउँन  मन लाग्छ । उ  नौ बर्षको ग्यानी  केटा छ । उ घर नजिकैको प्राथमिक विद्यालयमा तीन कक्षामा पढ्छ। उसलाई कथा,चित्रकथाहरुको पुस्तक पढ्न र सुन्न धेरै रमाईलो लाग्छ । उसलाई प्रकृति   बारे पनि जान्न मन लाग्छ । कहिले काहीँ कक्षा  गुरुआमाले  जङ्गल तिर क्याम्पमा घुमाउँन लानुहुन्छ । त्यो बेला उ “रुख विरुवाहरु किन हरिया हुन्छन् ? तिनीहरुले फालेको सास हाम्रो लागि किन  उपयोगी हुन्छ ?”  भनेर उ प्रश्न गर्छ । कियानको त्यस्तो जिज्ञासा  सुन्दा गुरुआमालाई खुशी लाग्छ। गुरु आमा पनि  बिरुवामा क्लोरोफिल भन्ने तत्व हुन्छ । त्यसले हरियो बनाउँछ । अनि बिरुवाले हाम्रो लागि अति जरुरी अक्सिजन तत्व सास फेरेर बाहिर फाल्छन् । त्यो हामी सास  फेरेर लिन्छौँ अनि हामीले छोडेको कार्वन डाइअक्साइड ग्याँस उनीहरुको लागि बाँच्ने सास  हुन्छ । यसरी बोट बिरुवा र  मान्छेको सास आदानप्रदान  हुन्छ ।” नयाँ  कुरा जान्न पाएकोमा उ खुशी हुन्छ । उसको कक्षामा बीस जना विद्यार्थी  पढ्छन् । ती आफसमा एकदम सहयोगी  छन्  । हप्ताको एक पटक उनीहरुको कथा भन्ने र सुन्ने कक्षा हुन्छ। सबैलाई कथा सुन्न मन लाग्छ कोही त आफैँ कथा पनि लेख्छन् । कियानलाई मन पर्ने बिषय एस्ट्रोलोजी हो । उ त्यस विषयमा पनि प्रश्न गरिरहन्छ। खेलकुदमा  बास्केटबल पनि उसलाई मन पर्छ तर    सबै भन्दा मन पर्ने सकर अर्थात्  भकुन्डो खेल हो ।यो खेलमा उसले मेडल पनि पाएको छ। उसको घरमा एउटा सानो जातको धेरै रौँ नझर्ने सेतो रङ्ग्को पाल्तु कुकुर पनि छ । त्यसको नाम “पोलो”  राखेको छ। पोलो कियान सङ्ग घुम्न जान रमाउँछ । साँझ पख कियान पोलोलाई छिमेक वरिपरि घुमाउँन लान्छ । पोलोले आची गर्यो भने सडकमा त्यसै छोड्दैन । त्यो आची प्लास्टिकले टिपेर घरमा ल्याएर फाल्छ। कियानलाई साइकल चानाउन रमाइलो लाग्छ।उसको उमेरलाई मिल्ने एउटा सानो साइकल पनि  छ । उ साथीहरु सङ्ग पार्कमा साइकल चलाउँछ । सडकमा कहिले पनि चलाउँदैन । कियानकी एउटी दिदी पनि छिन् । उनको नाम “काया” हो । कियान  बुबाआमा   दिदी र पोलो सङ्ग आफ्नो सुन्दर घरमा बस्छ । पोलो घरमा सबैलाई माया गर्छ । कियान स्कुलबाट आउने समय पोलोलाई थहा छ । त्यसैले त्यो बेला उ ढोका नजिकै   कियानलाई कुरेर बस्छ अनि कियान हिँडेको आवाज थहा पाएर उसलाई स्वागत गर्दै भुक्न थाल्छ । स्कुलमा होस्  या छिमेकमा कियान सजिलै सङ्ग नयाँ साथी बनाउँछ । उ पढाईमा पनि राम्रो छ ।कक्षाको परीक्षामा सधैँ राम्रो नम्बर ल्याएर उत्तीर्ण  हुन्छ । उसले पढाईमा र खेलकुदमा पुरस्कार पनि  पाएको छ ।भविष्यमा उ अन्तरीक्ष इन्जिनियर बनेर देशको सेवा गर्छु  भन्ने  उसको उद्देश्य छ। मातृभुमि  पनि हाम्री  आमा नै हुन् । उनको सेवा सबै नागरिकले चोखो मनले गर्नु पर्छ भन्ने उसको बिचार छ।

सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

18 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

18 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

18 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago