Categories: बाल कथा

महङ्गो


अम्बिका धिताल
कमलविनायक भक्तपुर

“यसपालि दशैँ कस्तो हुने हो ?” बुबाले साँझपख आँगनमा धुवाँसँगै उठेको स्वास फ्याँक्दै सोध्नुभयो।
छोराले हाँसोको नक्कली आवरण भिर्दै भन्यो, “दशैँ त पुरानै हो बुबा, तर बजार नयाँ जस्तो छ। भाउ सुन्दा कान टालिन्छ, सामान देख्दा आँखा अघाउँदैन ।”
“दशैँमा बोका नपुगेर बाख्रा काट्ने दिन आयो कि के हो?” आमाले भनिन्। उनीहरूको स्वरमा उत्सव भन्दा बढी चिन्ता टाँसिएको थियो।
त्यतिबेला घरको कुनामा चुपचाप बसिरहनुभएका हजुरबुबाले भन्नुभयो , “अहो ! हाम्रो बाल्यकालमा दशैँ आएपछि गाउँ रमाइलो हुन्थ्यो, अचेल त बजार रमाउँछ, मान्छेको मन खल्लो ।”
छोरीले चप्पल समाउँदै भनिन्, “दशैँ भनेको खुशी बाँड्ने हो रे, तर किन यो वर्ष हामीलाई रमाइलो भएको छैन?”
हजुरबुबाले थप्नुभयो, “संसारका सबै कुरा पैसाले तौलिन थाल्दा, दशैँको रौनक हरायो । पहिला जहाँ मन त्यहाँ धन भन्थे तर अचेल जहाँ धन त्यहाँ मात्र मन भएको छ ।”
सबै चुप थिए । अचानक टाढाबाट सुनियो, “दशैँ त चाड हो कि चाल ?” सबैका कान उतै थिए । पुन : आवाज आयो,
“दशैँ महङ्गो भएको हो कि हामी नै सस्तो भयौँ ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

19 hours ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

20 hours ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

20 hours ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

2 days ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

3 days ago