Categories: बाल कथा

महिनावारी वरदान र उपहार हो


जमुना पौड्याल

नैना, बिनु, लिना र म कलेज छुट्टिभएपछि घर फर्कियौँ । नैना र बिनु एउटै कोठामा बस्थे । म र लिना भने आआफ्नो घरमा बस्थ्यौँ ।
“हिँड साथी हो हाम्रो कोठामा म मीठो चिया खुवाउँछु” नैनाले भनी । “होस् , तँलाई छुई भएको छ आज नजाने” मैले भनेँ । “केटी केटीलाई खुवाउन छुई भएर के भयो त ? जाऊँ है जाऊँ ” बिनुले भनी।
म एकछिन घोत्लिएर लिनाको अनुहारमा हेरेँ । लिनाले इसाराले जाऔँ भनी अनि हामी बिनु र नैनाको कोठामा गयौँ।
नैनाले चिया र बिस्कुट रमेश र काजी दाइहरूलाई पनि दिई । दुई दाइहरू पनि उनीहरूसँगै एउटै घरमा कोठा लिएर बस्नुहुँदो रहेछ । चारै जनाले खाना चाहिँ एकै ठाउँमा पकाएर खाने रहेछन्।
नैनाले पर सरेका बेला छोरा मान्छेलाई खानेकुरा दिएको देख्दा मलाई अचम्म लाग्यो । मैले पुलुक्छ बिनुको अनुहारमा हेरेँ । बिनुले इसराले चल्छ भन्ने सङ्केत गरी ।
मलाई खट्पटी भयो । दाइहरू बाहिर गए । त्यही मौका पारेर सोधेँ , “हैन के गरेकी नैना ? पर सरेका बेलामा पनि छोरा मान्छेलाई छोइएको खानेकुरा दिने हो ?”
नैनाले भनी, “तिमीहरू बाहुनीको पो के के चलन छ त ! हामी लिम्बूहरूले यस्तो बार्दैनौँ । मेरो सङ्गतले बिनुले पनि बार्दिन । ऊ पनि त बाहुनी हो नि ! खै बिनुलाई केही भएको छैन । कहीँ नभएको नानाथरी यही बाहुनीहरूले जानेको छ । महिनावारी त प्रकृतिको वरदान हो, सृजनाको उपहार हो । पहिलेका आमादिदीहरूले भोगेको पीडा अझै तिमीहरू भोगिरहन्छौ ?”
नैनाको कुरा सुनेर मलाई पापको भय भयो । अब बिनुलाई पाप लाग्ने भयो । विचरी ! नैनाको सङ्गतले पापिनी भई तर बिनुलाई पाप लागेको मैले देखिनँ । बिनु सधैँ हँसिलीखुसिली छे , सम्पन्न छे । लिनाले पनि छुइछाई बार्न छोडी तर मेरो मनबाट महिनावारीको भय हराएन । छुइछाईको भयले सधैँ कोपरिरह्यो । मेरो छुइछाई हरायो तर समाजले भने डर देखाइरह्यो।
हिजोआज म कसैलाई छुइछाईको भय गराउँदिनँ । मलाई समाजका मान्छेलाई एउटा प्रश्न सोध्न मन छ , “के महिनावारी प्रकृतिको वरदान र सृजनाको उपहार नभए तिमी हुने थियौ ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

17 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

17 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

17 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

18 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago