Categories: बाल कथा

घमण्ड


पदमप्रसाद दाहाल
शिवशताक्षी ११ दुधे,झापा

धर्मेन्द्रका बारीमा रोपिएका दुईटा रुख आँप र साल आपसमा कुरा गरिरहेका थिए। “तिमीभन्दा म बलियो र सलक्क परेको छु। तिमी त हेर्दै नसुहाउने झ्याम्म परेको अग्लो पनि हुन नसकेको छि:! यस्तो रूप त बाँच्नुभन्दा मर्नु नि बरु !” सालको बोटले तुजुक देखायो।
सालको कुरा सुनेर आँप रिसाएन बरु नम्र भएर बोल्यो। “हेर भाइ तिमी अग्लो र बलियो छु भनेर घमण्ड नगर। तिमीभन्दा म धेरै बाँच्न सक्छु।” “क्यारे क्यारे! तिमी धेरै बाच्ने रे! तिमीलाई त फलको चिचिला लाग्नासाथ केटाकेटीले मात्र होइन ठूलै मानिसले पनि झट्टी हानेको मैले देखेको छु । यस्तो कुटाइ खाने जिन्दगी पनि के जिन्दगी !” खिसिट्युरी गर्दै सालले फेरि घमण्ड देखायो।
“मदेखि मानिसहरू खुसी पनि त छन् नि ! म उनीहरूलाई मिठो फल दिन्छु । मलाई हिर्काइ हिर्काई लछारी लछारी पनि मानिसहरुले मेरो स्वाद लिन्छन्। तिमीलाई त एक आँखाले पनि हेर्दैनन् बुझ्यौ ?” आँपले पनि अलिकति फुर्ती देखायो। उनीहरू आपसमा गलफदी गरिरहेको बेला मालिक धर्मेन्द्र आएर बोटहरू नियाले । उनले तुरुन्तै आफ्नो कामदारलाई बोलाएर भने ,”यो साल को बोटले आँपलाई सेप गरेछ, यसलाई आजै ढालेर चिरान गर्नू।”

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

13 hours ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

13 hours ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

2 days ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

4 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

4 days ago