Categories: बाल कथा

“महिलाहरु!”


“अनिमेष” नीलम कुमार पौड्याल
बाग्लुङ हाल- लण्डन

“सर ! एकाबिहानै यो चिसोमा किन यति धेरै कपडा धुन आउनुभएको ? म्याडम हुनुहुन्न र!” नम्रताले पधेँरोमै सोधिन्।
मैलो चोलीमा साबुन घोट्दै राजुले भने, “घरमै छिन म्याडम, आज मेरो पालो हो।”
नजिकै पानी भरेर अलि पर बसेका महिलाहरू भने राजुकै कुरा काट्दै थिए।
“. . .हो नि त , त्यो घरको हालत त हेर्नै नसकिने,” राधिकाले पनि दबेको स्वरमा भनिन्, “हिजो साँझ पनि बिचरा राजु सर त जुठाभाँडा मस्काउँदै थिए। त्यो आईमाईले नोकरै बनाएर राखिछे।”
अर्कीले थपिन्, “ त्यसका छोराछोरीले पनि आफ्नो थाल आफै माझेर स्कुल जान्छन् रे!”
‘त्यो गाउँका धेरै घरमा श्रीमान ‘लाठसाव’ भएर बस्छन्-घरको चुलोचौकोदेखि लिएर हरेक काम महिलाहरुको निधारमै लेखिएको छ। ‘ यस्ता कुराहरु पनि सुनिए।
कुरा सुनिरहेका राजु सर ढाड सोझ्याउँदै उठेर नम्रतालाई सम्झाउँदै भने, “हेर न, दिदी ! घरमा जसले सक्छ, उसैले गर्ने हो नि ! काम त मिलिजुली बराबरी गर्नुपर्छ ।”
त्यसपछि परिस्थिति असामान्य बन्यो । पधेँरोमा मौनता छायो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

1 hour ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

2 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

1 day ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 day ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

1 day ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago