रमेन्द्र कोइराला
इनरुवा-९,बबिया,सुनसरी
अचानक रमितालाई चिसो अनुभव भयो।
कोठामा बसेर होमवर्क बनाउँदै थिई । शरीरमा असहज महसुस गरी । पेट पनि कस्सेर दुख्यो । चिसो भएको ठाउँमा हातले छोएर हेरी।
तर्सी।
हे भगवान ! रगत पो आएको रहेछ । ओहो ! अब स्कुल कसरी जानू ? मम्मीलाई भन्नुपर्यो भन्ने सोची । होमवर्क बनाउन छोडेर भान्सामा गई र भनी-” मम्मी आज म स्कुल जान्न।”
आमाले रिसाउँदै भनिन्-” कहाँ बरालिन जानलाई स्कुल जान्न भन्छे । जानुपर्छ ।”
उसको पीडा मम्मीले नबुझेको देखेर ऊ दु:खी भई । बुवाले बुझ्नु हुन्छ कि भनेर बुवालाई खोज्दै बाहिर गई बारीमा घिरौँलालाई थाङ्ग्रो लाइरहनु भएको बुवालाई डराउँदै डराउँदै भनी -” बुवा ! आज म स्कुल जान्न । बुवाले कराएर भने-“परीक्षा नजिकै आइसक्यो । नगएर हुन्छ । जा।”
कसैले बुझेन । अब के गर्ने?
खाना खाएर जसोतसो स्कुल पुगी । तेस्रो घण्टीमा समाजिक पढाउने मेम आइपुग्नु भयो । ऊ असह्य भएर घोसेमुण्टो लाएर बसेकी थिई । मेमले होमवर्क मागेको सुनिन।
मेम छेउमै पुगेर कराउनुभयो -“खोइ होमवर्क?
उसले तर्सेर टाउको उठाई -” मेम ! ”
उसले यहाँ भन्दा बढी भन्न सकिन। अनुहार फुस्रो थियो । आँखा टिलपिल थियो।
“के भयो ? ” मेमले सोधनु भयो।
उसले केही बताउन सकिन । रमिताको गतिविधि देखेर मेमलाई शंका लागेर स्वास्थ्य कोठामा लानु भयो । एक्लै सोध्नु भयो । उसले पनि रुँदै सबै कुरा बताई । उसको अवस्था मेमले बुझिसक्नु भएको थियो।
छ कक्षा पढ्दै गरेको यति सानो उमेरमा यस्तो भएकोमा अचम्म मानिन्।
“कति चाँडो ?” उहाँले सोच्नु भय ।
अनि केही पेनकिलर,प्याड दिनु भयो र भन्नु भयो -” हेर नानी ! तिमीलाई अब प्रकृतिले केटीबाट नारी बनाएकोले नडराइ यी अवस्थाको सामना गर ।”
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…