Categories: कविता

“माघी पर्व”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

पाठशाला विदा भयाे माघी पर्व भनी
भन्नुभयो बुबा आमा त्रिवेणीमा जानी।

गाडी चढी सररर त्रिवेणीमा गयाैं
नुहाएर शुद्ध भई पूजा पाठ गर्याैं।

घिउ चाकु तिल्काे लड्डु तरूल् उसिनेकाे
पिँडालु र सखर्- खण्ड भयाे निकै मिठाे।

खाना मिठाे खिचडीकाे अचारका साथ
अलिकति थपूँ कि त दही घिउ भा´ त।

आजैदेखि सूर्य पनि मकरमा गए
दिन लामा हुँदै गए रात छाेटा भए।

यहीँ दिन भीष्मले नि मृत्यु राेजेका रे
भागिरथ गङ्गा नदी धर्ती झारेका रे!

आजैदेखि थारू जाति नयाँ वर्ष मान्छन्
माघी पर्व आफ्ना लागि ठूलो चाड ठान्छन्।

नेपालीको चाड माघी संस्कृति हाे साझा
अघि बढाैँ रीतिरिवाज् बनाउँदै ताजा।

बाबा आमाबाट आज कुरा धेरै सिकेँ
माघीबारे जाने जति कुराहरू लेखेँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

11 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

12 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

1 day ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

1 day ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago