“माटाका भाँडा”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

घैंटाे बाेकी कान्छा दाइ घर आए
भन्नुभयाे बाले बनाउन चाय।

भाँडाकुँडा त्यहाँ थिए धेरै थरी
बहिनी र म त भयाैं हेर्या हेरी।

खुत्रुके याे तिम्राे भयाे सानी नानी
पैसा राखे है त भने गनी गनी।

चिसाे पानी खान घैंटाे राख्नु पर्छ
भन्नुुभयाे काकी घैंटाे मन पर्छ।

दही राख्न ठेकी छ कि कान्छा दाइ
भन्नुभयाे बाले नजिकैमा आइ।

बत्ती बाल्ने पाला बिर्सिएला छुट्ला
भन्नुभयाे बाले राख उता फुट्ला।

सजाउन फूल गमलाकाे भाँडाे
दिदी भन्दै थिइन् राखी हालाै चाँडो।

सुराही र सुल्फा यता देऊ भन्दै
जिजुबाले पैसा दिनुभयो गन्दै।

पल्लाघरे बैनी ल्याउनू भन्थिन् पैनी
भन्दै पल्ला घर गए कान्छा दाइ नि।

हिलाे माटाे मुछी चक्र चलाएर
भन्दा रैछन् भाँडा आगाे जलाएर।

थाहा पाएँ मैले भाँडा बन्ने विधि
माटाे रैछ हाम्राे बहुमुल्य निधि।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

2 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

2 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago