“सम्बन्ध”

रोहिणी रसिक
खोटाङ खार्पा

राम- कतिमा पढ्नु हुन्छ
प्रीति – म लोयर
राम- हजुरको नाम जान्न सकिन्छ
प्रीति – प्रीति रम्तेल
प्रीति – अनि हजुरको नाम
राम- रामदास वैष्णब
प्रीति :- पढाइ कता पुग्यो
राम- मैले संस्कृतमाविद्यावारिधि गरेको छु
राम:- बसाइ कताहोला जान्न सकिन्छ
प्रीति :- काठमाण्डौं पहिला खोटाङ
प्रीति :- हजुरको बसाइँ नि
राम:- मेरो घर देवघाट अहिले काठमाण्डौ जमल
राम:- हजुर वकालत गर्नुहुन्छ बन्दा हुनेभयो हो
प्रीति :- पक्कै सर त्यसको अलावा छालाका जुता बनाउने कारखाना पनि छ
प्रीति :- अनि हजुरको व्यवसाय
राम:- म प्रद्यापन गराउँछु टियुमा
राम :-घरमा को को हुनुहुन्छ
प्रीति:- कोही हुनुहुन्न कथा लामु छ सर भक्कानिदै उत्तर आयो


यसरी सुरुभएका कुरा सबै सुनिरहेको थिएँ यत्तिकैमा गाडीले स्टन लगायो नम्बर साटासाट गरेर दुबै गन्तव्य तिर लागे यसो हेर्दा दुबै अविवाहित लाग्थे। पुन भेटौँ भन्ने बाचा सहित छुटेका थिए तिनीहरू।
मैले सुनधारामा चिया चमेना होटल खोलेको थिएँ।लगभग दुईबर्ष पछि मेरो होटलमा पहिलो पल्ट नया ग्राहक बनेर प्रीति र रामलाई सँगै आएको देखें नियालेर हेरेँ उनिहरूको जोडी साच्चै सुहाएको थियो ! कुनै ठाउँमा पनि नमिलेको लागेन।
आफ्नु बिगत सम्झन वाध्य भएँ। आखिर माया प्रेम भनेको त जातको आधारमा हुन्न रहेछ त अनि मलाई चै किन अलग्याउन खोज्यो मेरो समाजले मेरी फूलमाया मिजार
बाट?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

भैरेको नियति र स्वास्थ्य सेवा

  घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…

1 week ago

टिकाेटालाे

शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…

1 week ago

“नारी महिमा”

शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…

1 week ago

बाल मुज्दुर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…

1 week ago

“हाम्रो नाति”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…

1 week ago

अभियान

राजन् कार्की पाजु धरान सुनसरी बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका…

1 week ago