नन्दलाल आचार्य

आकाश गर्जियो, तर बादलबाट पानी होइन, प्रविधिको बादल मडारिएको थियो । खेतको आलीमा उभिएका बाबु-छोराबीच एउटा अदृश्य पर्खाल खडा थियो ।
“बुबा, तपाईँको जमानामा हल गोरु थियो, अहिले ड्रोनबाट बीउ छर्छन् !” कलेजको पोसाकमै ठाँटिएको छोराले मोबाइल स्क्रिनबाट नजर नहटाई व्यङ्ग्य कस्यो।
बुढाका चाउरिएका आँखाले हिलो छामे । त्यहाँ धानका कलिला टुसाहरू बतासमा मौन कविता लेखिरहेका थिए । उनले लामो सास फेरे, “छोरा, प्रविधि बदलिन्छ, तर माटोको रैथाने गन्ध बदलिँदैन । धान केवल अन्न होइन, हाम्रो आत्मासँग गाँसिएको बिउ हो ।”
“तर बुबा, अब मेसिनले जोत्छ, गोड्छ, मल हाल्छ, एपले मौसम देखाउँछ, दुःख किन गर्ने ?” छोराको स्वरमा आधुनिकताको अहङ्कार झल्कियो ।
“होला, तर ती यान्त्रिक हातहरूले माटोमा आशीर्वाद झार्न सक्दैनन्,” बुढाले हिलोमा पसिना चुहाउँदै भने, “खेतमा श्रमको पसिना नझर्दासम्म थालको गाँसमा श्रद्धा उम्रिँदैन, कसरी पेट भरिन्छ ?”
खेतको आलीमा अचानक सन्नाटा छायो । यान्त्रिक गति रोेजिरहेको छोराको मस्तिष्कमा बुबाका शब्दले जोडदार धक्का दियो । मोबाइल खल्तीमा कोचियो । उसले बुबाका हिलाम्मे गोडाहरू र धाँजा फाटेका पैतालालाई हेर्यो, जहाँ देशको भूगोल मुस्कुराइरहेको थियो ।
छोरो बिस्तारै निहुरियो । उसले कलेजको महँगो पोसाकको प्रवाह नगरी हिलोमा आफ्ना सफा हातहरू चोब्यो । बुबाको मुहार हेर्दै उसले भन्यो, “बुबा, ड्रोनले बिउ त छर्ला, तर संस्कार छर्न सक्दैन रैछ । आजदेखि म मेसिनको एप्लिकेसनमा होइन, तपाईँले रोपेको संस्कारको जगमा हुर्किन्छु ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 hour ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago