Categories: कविता

“गीतकाे असार”


नीरज काेइराला

खाेजेर सुख मिल्छ कि भनी पसेकाे सहर
खाडल ठुलाे दुःखकाे मिल्याे हरायाे रहर
बेजाेड पर्याे असार झरी रुझ्न नि भ्याइन
किसान बनी माटाेमा पसी जुध्न नि पाइन।

गाेठालाे जान आँपकाे बारी घुस्न नि भ्याइन
पाकेकाे आँप बाेटमै टिपी चुस्न नि पाइन
फर्काई कुलाे पानीले गराे भर्न नि भ्याइन
धानकाे बिउ बियाड भरी छर्न नि पाइन।

असार पन्ध्र खेतकाे हिलाे टेक्न नि भ्याइन
पातली सानी मायाकी खानी भेट्न नि पाइन
बियाडे बनी धानकाे बिउ काड्न नि भ्याइन
मेलामा भेटी मायाकाे चिनाे साट्न नि पाइन।

ओडेर घुम खेतकाे आली काट्न नि भ्याइन
असारे भाका स्वरमा स्वर खाप्न नि पाइन
छेउ र कुना खनेर हिलाे छेप्न नि भ्याइन
मनकी रानी मस्किने सानी देख्न नि पाइन।

पास्ताकाे नास्ता करले निल्दै सहरी हुँदै छु
गुन्द्रुक चाम्रे माेहीकाे लाेटा सम्झेर रुँदै छु
फलाई अन्न जीवन दिने हितकाे असार
सम्झना बनी मुटुमा बस्याे गीतकाे असार।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

4 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

4 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago