रामप्रसाद पन्थी
रेसुङ्गा न पा २,गुल्मी
ज्ञानविद्या सङ्गीतकी माता देवी सरस्वती
कला सीप सिर्जनाकाे वर देऊ अलिकति।
ज्ञानदेवी विद्यादेवी वाणीदेवी वागीश्वरी
सेवा गर्न पाउँ तिम्राे चरणमा महेश्वरी।
वीणापाणि श्वेताम्वरा सिद्धिदात्री महागाैरी
आराधना गर्छु तिम्राे बाल भक्त सधैंभरि।
शास्त्र ज्ञान महाविद्या देऊ शील एकाग्रता
सत्य शान्ति दया धर्म न्याय दृष्टि देऊ माता।
मानिसका मुहारमा माता हाँसाे भरिदेऊ
अज्ञानता जडताकाे कालाे जालाे ताेडिदेऊ।
मातापिता गुरूभक्ति गर्न सकाैं देशभक्ति
मानवता जगाउने देऊ माता दिव्य शक्ति।
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…