Categories: कविता

मेरो देश


प्रशन्न तिवारी
अष्ट्रेलिया

सगरमाथाको शिरले चिरेको गगन
प्रकृतिको काखमा वीरहरुको खदान
सौन्दर्यताले भरिएको हाम्रो देश नेपाल
गण्डकी कोशी जस्ता नदी छन् विशाल।

पहाडमा गर्जिन्छन् खोला र नाला
तराईमा झुल्छन सुनौला बाला
टल्किन्छन् हिमाल मोती सरी सेता
यी दृष्यले मेटाउछन् सब व्यथा।

बुद्ध र सीताको स्वर्गिेय भुमी
ज्ञान र शान्तीको शिखर चुमी
अरनिको र भृकुटी जन्मिए यहीँ
अमूल्य यो उपहार सत्य स्वर्ग भूमी।

विविधतामा एकता देशको शान
वीरहरुले जोगाएको यो भूमी हो मान
हरपल नाचिरहन्छन् पीपलरुपी पात
स्वर्गकै स्वरुप भूमी नेपाल माता।

वसन्तमा फूलको बास्नाले घेर्छ
सयौँ फूलहरुले देशको रङ्ग फेर्छ
आज सात समुन्द्रपारि फैलिए पनि
चिनिनेछौँ हामी सधैँ नेपाली भनी।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

12 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

12 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

1 day ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 day ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

1 day ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago