Categories: बाल कथा

मातृत्व


गीताश्री शर्मा
गान्तोक, सिक्किम

मन्दगतिमा बतास चलिरहेको छ। चियाको कप बोकेर घरको कौसीमा छन् गौरी। बाख्राको पाठो म्याँ-म्याँ- गरेर कराएको आवाज उनको कानमा प-यो। आँखा घुमाएर यताउति हेरिन् पाठो देखिएन, आवाज भने सुनिँदै छ । तल झरेर गौरीले घरको गेट खोलिन् , पाठो म्याँ-म्याँ- गर्दै यता-उता कुदिरहेको छ । पाठाले आफ्नै भाषामा आमालाई बोलाएको होला, गौरीले अन्दाजा लगाइन् र दिवङ्गत भएकी आमा सम्झिइन्।
एकक्षणपछि विपरीत दिशाबाट बाख्राको ठूलो हुल आयो। पाठो कराउँदै कराउँदै हुलमा मिसियो । पाठाको म्याँ-म्याँ सुनिएन। पाठाले आमा भेटेछ भनेर विचलित भएको गौरीको मन शान्त भयो। गौरी घरभित्र पस्नलाई गेट बन्दमात्र के गरेकी थिइन् फेरि उही पाठो हुलबाट निस्किएर म्या-म्या- गर्दै यता र उता कुद्न थाल्यो। गौरीलाई चिन्ता भयो। पाठाले यो हुलमा पनि आफ्नी आमा भेटेन, सम्झिन् आमाले आफ्नै नानी कसरी छोडिन् त ? पाठा कराउँदै छ, गौरीले गएर त्यो पाठालाई समाएर सुमसुम्याइना तर ऊ कराउन छोडेन।
पाठाको यो म्याँ-म्याँ अवश्य आमाको खोजमा रुवाई हुनसक्छ ! मातृत्व बोकेकी गौरीलाई स्पष्ट थाहा भयो, मन भक्कानियो, आँखा रसाए । मनमनै भगवान सम्झिन्,छिट्टै आमासँग भेट होस्।
भुईँमा साँझ झर्न लागेको थियो, परबाट एउटा बाख्रो कराउँदै कराउँदै आएको गौरीले देखिन् । गौरीका छेउमा भएको पाठो पनि म्याँ-म्याँ गर्दै कुदेर त्यो बाख्रातर्फ गयो। बाख्रा पनि उत्तिकै कुदेर आयो ! बीच बाटामा दुवैको भेट भयो। बाख्राले पाठालाई चाट्यो, पाठाले चप-चप पार्दै धम्की हान्दै दूध खान थाल्यो। आमाले नानीलाई पुच्छर, जीऊतिर माया गर्दै चाटिरहिन्। पाठाले भने दूध चुस्दा पनि हुँ हुँ गरेर मन दुखाइरहेको गौरीले महशुस गरिन् । गौरीका आँखाबाट मातृत्वका ढिकाहरू तप-तप झरे।
अन्तमा गाैरीले नानी भनेकाे सुनेर हत्त न पत्त उठीन् र यता उता हेरिन्! त्यहाँ आवाज बिहिन दिवङ्गत आमाकाे आभास थियाे।

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

3 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

4 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

4 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago