तुलसी पण्डित

बूढा बसको यात्राबाट हामी टाढा जादैछौ, यो बाबुलाई ज्ञानगुनका केही कुरा दिनुहोस् न।
“के भनेको तिमीले अब हिड्न हतार भइ सक्यो ।”
“थोरै भए पनि उसलाई केही ज्ञानगुनका कुरा दिनु न । उसले त्यसलाई व्यावहारमा उतार्छ कि उतार्दैन मलाई हेर्न मन लागेको छ ।”
“बाबु तिमीले आज बसमा लामो यात्रा गर्दैछौ । यात्रामा हिड्दा आफू भन्दा सानोलाई माया गर्नु पर्छ । ठूलालाई सम्मान र नमस्कार गर्नु पर्छ । बूढाबूढी अपाङ्गहरू आए आफू उठेर भए पनि उनीहरूलाई राख्नु पर्छ । सबै सँग मीठो बोल्नु पर्छ । बुझ्यौ नि ।”
छोरोले टाउको हल्लायो।
बसमा एक अपाङ्ग आयो । छोरोले आफू बसेको सिटबाट उठ्दै भन्यो।
“दाइ मेरो सिटमा आएर बस्नुहोस् ।”
फेरि बस रोकियो । एक बृद्धा लठ्ठी टेक्दै बसमा उक्लिन् । उनी उभिन पनि न सकेर धर्खराएकी थिइन् । छोरोले बाबाको हात समात्दै भन्यो।
“बाबा उहाँ बूढीआमालाई तपाईँ बसेको सिटमा राख्नु न ?”
छोराको मनस्थिति बुझ्न बाबा अझ अटेर गरेर बसी रहे ।
छोरोले रिसाउँदै भन्यो।
“बाबा हजुरले हामीलाई सिकाएको कुरा आफूलाई पर्दा लागू गर्न सक्नु हुन्न भने अरूलाई किन अर्ति उपदेश दिनु हुन्छ। उहीँ स्कूलको शिक्षक जस्तो। चुरोट खैनी रक्सी खानु हुन्न भन्छन् फेरि आफूँ नै त्यसको प्रयोग गरि रहेछन्।” यो कुरा सुनेर बाबाले जुरुक्क उठ्दै ठाउँ छोड्नु भयो।
छोराले हजुरआमाको हात समात्दै भन्यो।
“हजुरआमा यो सिटमा आएर बस्नुहोस्।”
बसमा बसेका सबै मानिसहरू जिल्ल परे।
बाबाले मनमनै सोच्नु भयो।
“केटाकेटीहरू जस्तो बनाउन खोज्यो त्यस्तै बन्छन् भनेको सत्य रहेछ ।”

सारथि बाल पत्रिका

View Comments

  • Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

  • Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

2 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

3 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

3 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago