मधु घिमिरे
पेन्सिलभेनिया,अमेरिका
प्राणकी ज्ञानकी हर्षकी नायिका
विश्वमा शान्तिकी दीप हौ सर्वदा
साधना सिर्जना आँटकी बाबरी
मातृमाया मिठो सम्झना मञ्जरी।
भोकमा रोगमा हर्षमा दुःखमा
नेत्रमा चर्ममा चित्तमा ओठमा
शब्दमा मोहनी झल्कने बेसरी
मातृमाया मिठो सम्झना मन्जरी।
पुष्प झैं छौ तिमी मन्द मुस्काउने
स्वप्न लालित्यमा जादु झल्काउने
कर्मको मार्गमा चम्कने रोसनी
मातृमाया मिठो सम्झना मञ्जरी।
जिन्दगी बाँच्नमा भाग्यकी रक्षक
कष्टमा सान्त्वना कोखमा पालक
मन्द मुस्कानकी उर्वरा भारती
मातृमाया मिठो सम्झना मन्जरी।
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…