Categories: कविता

“मान्छे बनून् कामना”


बिमला चन्द सानू
बैतडी, हाल : काठमाडौं

अर्काको कुभलो विचार विष झैँ राख्दै कहाँ पुग्नु छ,
आयौँ यो दुनियाँ बुझेर सहजै दाना सबै चुग्नु छ,
के को हो रिस राग यो अहमता के को छ आडम्बर,
मान्छेकै मन बन्न दुष्कर भए बाटो अरू के छ र।

काट्दैछौ जब मार्ग मित्रजनका आफन्त विश्वासिला,
धेरै स्वार्थ यहाँ कठोर पलमा बन्छौ कसोरी शिला,
छाती हात दिमाग शान्त गर लौ सोचेर एकैछिन,
राम्रा कर्म गरेर आत्मबलले ल्याऊ उज्यालो दिन।

राख्छिन् नौँ महिना सदा उदरमा सन्तानको खातिर,
आमाको दुख कष्ट सम्झ त तिमी जीवन्त हुन् ईश्वर,
आमाको तप त्यागको गहनता बुझ्दै नबुझ्ने भयौ,
नारीबाट लिएर जन्म उसकै बद्नाम गर्ने भयौ।

आमाबाबु समानको मधुरता कस्को दिने आँट छ?
कस्तो यो कलिमार्ग देव सहजै तिम्रो दिने ठाँट छ,
शिक्षा हुन्छ अपाङ्ग सोच निचको संस्कार यस्तो बने,
आफैँमा पनि मर्छ त्यो मनुजता ईमान फाल्यौ भने।

बाँच्नेले शिर उच्च गर्नुछ भने बाँच्ने कला जान है,
आफ्ना छन् जति मान राख्न सकिने लौ राख सम्मान है,
राख्दै शिष्ट विचार भाव मनमा थालौँ नयाँ सिर्जना,
मान्छेका गुणमा जनावर हुने मान्छे बनून् कामना।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

2 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

2 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

1 day ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 day ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

1 day ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago