Categories: बाल कथा

निडरता


नन्दलाल आचार्य

​”मिस, फेरि सरले मेरो हात समाते…” आठ कक्षाकी छात्राले छेउमै उभिएर आँसु पुछिन् । उनको स्वरमा पीडा र डर छताछुल्ल थियो ।
“कति भयो ? स्पष्ट भन,” मिसको आवाजमा चिन्ताको कम्पन थियो ।
​”हिजो मध्यावधि परीक्षाको नाममा खाली कक्षामा… सरले ढोका बन्द गरेर….” उनी बोल्न सकिनन् । ​मिस झसङ्ग भइन् । ती ‘आदर्श’ शिक्षक ! चुप लागेर बस्नु भनेको अर्को बालिकामाथि अन्याय हुनु हो भन्ने थाहा हुँदाहुँदै पनि ‘नाम बिग्रिने’ डरले धेरै शिक्षकलाई रोक्छ । तर, आज कक्षाकोठाको मौनता टुटिसकेको थियो।
​”कसैले देखेको थियो ?” मिसले सोधिन्।
​”सीसीटीभीमा देखिन्छ, मिस,” छात्राले काँप्दै भनिन्।
​डरमाथि कर्तव्यको जित सुनिश्चित गर्दै मिस प्रिन्सिपलको अफिसतिर लागिन् । ढोका भित्रै ती सर मोबाइल चलाएर बसिरहेका थिए।
“सीसीटीभी हेर्नुस्, अहिले नै,” मिसको आवाज दृढ थियो।
प्रिन्सिपलले भिडियो चलाए । ढोका बन्द गर्दै सरको छाया, डराएकी छात्रा, र कक्षाको एकान्त देखियो ।”झुटो हो यो !” सरले अत्तालिँदै तल्लो ओठ टोके।
मिस एक कदम अघि बढिन्- “झुटो त्यो डर हो जसले बालिकालाई चुप गराउँछ । विद्यालय पवित्र स्थल हो, कसैको पाप धुने नदी होइन।”
​प्रिन्सिपलले पहिलोपटक स्वतन्त्र निर्णय लिए- “तपाईँ तत्काल निलम्बित । बाहिरी कानुनी कारबाही अघि बढ्छ ।”
छात्राको काँपिरहेको स्वर खुल्यो- “मिस, अब अरू सुरक्षित हुन्छन् ?”
मिसले उसको काँध समातिन् र भनिन्, “हामी बोल्यौँ भने, हिंसा हार्छ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

1 hour ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

2 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

1 day ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 day ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

1 day ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago