लीलाराज दाहाल
बागमती ११, कर्मैया, सर्लाही
रामु र गोपालले निकेै लामो समयसम्म सडक छेउमा खुद्रा व्यापार गरे । रामु प्राय: ठेलामा फलफुल बेच्थे भने गोपाल हरिया सागसब्जी बेच्ने गर्थे । उनीहरु बीचको मित्रता नङ्ग र मासुको झैँ थियो । उनीहरु एउटा बिरामी हुँदा अर्को बेचैन हुने, एउटाले ल्याएको खानेकुरा अर्कोलाई नख्वाई आफु पनि नखाने उनीहरुको बानी भैसकेको थियो । उनीहरुको मनको थालीमा मित्रताको दियो मज्जाले बलिरहेको थियो ।
रामु व्यापारको साथसाथै अभिनय पनि गर्दैथिए । उनको अभिनय दर्शकहरुले मन पराउँदै गए । उनको कलायात्रा फराकिलो हुँदै गयो । उनको अभिनय बिक्दै गएपछि उनले सडक किनारको व्यापार छोडी ठूलो ब्यापारमा पनि लगानी बढाउँदै गए भने गोपाल आफ्नो पुरानै व्यापारमा तल्लिन रहेका थिए ।
कालान्तरमा रामु ठूला ब्यापारी र प्रसिद्ध कलाकार बने । गोपालको आर्थिक अवस्था यथास्थानमै अल्झिएको थियो । अव रामुको जीवनशैली निजी विलासी गाडीमा सवार हुन सक्ने भैसकेको थियो । उनीहरुको भेट नभएको पनि निकै वर्ष भयो ।
रामु कतै जाँदै थिए । बेलुकीको समय, सागसब्जी किन्ने मानिसहरुको भिडले गर्दा उनको गाडी जाममा परेको थियो ।
सडकमा बसेर सागसब्जी बेचिरहेका गोपालका आँखा एकाएक रामुमाथि परे । उनी यति खुशी भए कि बेच्दा बेच्दैका समान छोडेर रामुको गाडी भएतिर दौडिए । बर्षौंपछि भेटिएका आत्मीय साथी ! कसरी मन थाम्न सक्थे र ! साथीलाई अँगालेर बात मार्न कति मन लागेको थियो उनलाई । उनले गाडीको झ्यालैमा पुगेर रामुसँग हात मिलाउन खोजेका मात्र के थिए, उनको गालामा अचानक पहाड झैं भारी मुक्का बर्सियो र उनी सडकमा पछारिए !
गाडीभित्र कोही बोल्दै थियो, “ सम्साँझै लामो हात गर्न आउँछन् खातेहरु ! ”
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…