अकेला अम्बिका
कानेपोखरी,मोरङ

हैन च्यामेका बा तिम्रो मति बिग्रेको कि हल्ला मात्रै हो..? एउटै अफिसमा काम गर्ने त्यो पनि अर्काको मुन्छे .. के हो कुरा.?
त्यस्तो खास त हैन तर अब हल्ला भइहालेछ हाम्रा नानीहरु पनि त एउटै उमेरका छन् मीत लगाई दिउँ न पानी माथिको ओभानो भइहाल्छौँ क्यारे ! धने बोल्यो।
कहाँ हुन्छ .. बाबू आमाको सम्बन्ध जोगाउन छोराछोरी कै मीत , अन्तरजातीय बिहे रोक्न उनैको, अनैतिक सम्बन्ध ढाक्न मीत नै रे हन धमिलिएका हरेक सम्बन्धहरु चोख्याउने यो नाता चाहिँ सुन पानी नै हो कि छर्कन… वा आलु हो … जता पनि मिलाउन..।
पहिले पृथ्वीनारायणले एकीकरण गर्दा कि विहे कि मीत लगाउँथे रे…। पछि पनि कसैलाई कसैको बात लागे कि देश छोड्ने कि यही “मीत नामको पर्दाभित्र पस्ने” गर्थे रे।
अहिले त यो सम्बन्ध गाँसियो कि केलाएर हेर्दा “रहस्यको जालो नै तहिरिन्छ” कस्तो संस्कार बस्यो त…?? हित्य चित्त, शरीर ,उचाइ ,उमेर सबै मिलेकाको पो हुनुपर्ने हैन..?
यो त अनैतिक सम्बन्ध जोगाउने इज्जतिहरुको लाइसेन्स नै पो भयो त …।
के भन्छे ..? धेर नकरा अहिले भेट्लिस् नि बसिबसि खान देकै छ त न काम न धाम मिठोमिठो खाँदै चुप लागेर बस् …। धेरै बोल्न र यस्तो संयन्त्रमा पर्न त जागिरे हुनपर्छ… । धनेले भन्यो।
के गर्ने त..?
लगाउने नि।
के…?
मीत!!!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

3 hours ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

3 hours ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

1 day ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

1 day ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago