Categories: बाल कथा

मुखहेर्ने तरिका

खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

एकाबिहानै गुँड छोडेर टाढा गएका छोराछोरीहरुले दैलातुङ्ग फाँटमा आफ्नो बुढोघरको चौकिदारी गरेर बसेका बृद्धबाबु सहदेवलाई भिडियोमा ग्रुपकल गरेर भने, ” दर्शन बुवा! आज हजुरको दिव्य मुहार हेर्ने दिन।हजुर सुखी र दीर्घायु रहनु होस्। अन्नपुर्णेश्वर महादेवले हजुरको कल्याण गरुन् , हार्दिक शुभकामना ।”


ती सवैले टाढा रहनु परेकाले उपहार र फलफूल एवम् मिठाइँ ल्याएर माया दर्शाउन नपाएकोमा आआफ्नो दुखेसो पनि पोखे। अर्को पटक घरमै आउने वाचा समेत गर्न भ्याए।
सहदेवले छोराछोरीलाई भने, ” कति मिठा महनैं बिर्साउने कुरा गर्यौ।मलाई त मिठाइँ र फलफूल खाएभन्दा बढी भयो । तर मेरो हकमा फरक किसिमले मेरो मुख हेरेको देख्ने चाहना छ।त्यो हुन सकेमा तिमीहरूले चाहेझैं म सुखका साथ धेरै बर्ष अवश्य बाँच्ने छु।”
उनका छोराछोरीहरुले एकै साथ भने, ” हजुरले आफ्नो मुख छोराछोरीहरुले कसरी हेरुन् भन्ने चाहनु भएको छ ?”
केहीबेर उनी बोलेनन् । त्यसपछि सवैलाई पालैपालो हेरेर खोकीलाई दवाउने प्रयास गर्दै भने, ” तिमीहरू समाजमा आफ्नो मुख देखाउन लायक बन, त्यतिभए तिमीहरूले चाहेजस्तै सधैंभरि मेरो मुख उज्यालो हुनेछ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

11 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

12 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

3 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

3 days ago