Categories: बाल कथा

“लगानी”

राष्ट्रिय बाल दिवसको अवसरमा प्रेसित

निर्मलाबराल ,
भक्तपुर सानो ठिमी

“ओइ केटो ! के हेरेको, भाग यहाँबाट ! आफ्नो बाटो लाग !” खेलौनाको पसले कानै चर्किनेगरी करायो । मैलो , च्यातिएको कपडा लगाएको नाक भरी सिँगान कट्कटिएको थियो। अन्दाजी छ, सात बर्षको केटो ,नसुनिकन ,एकोहोरो खेलौनाको थुप्रोमा हेरिरह्यो।


पसल्नीले हातमा पाच रु दिइन् । पाचँ रु खेलौनाको थुप्रोमा राख्यो र हातमा खेलौना मोटरगाडी समातेर केटो हावाको बेगमा कुद्यो। पसलेले ,”ए चोर चोर” भन्दै केटोलाई लखेट्यो । ऊ , ढुङ्गामा अल्झिएर डङरङ्ग पछारियो। खेलौना उछिट्टिएर पर पुग्यो।
पसलेले बेस्मारी ठटायो। केटो रुँदै चिच्यायो अय्या , अय्या ! भन्दै शरीरलाई हातले छेक्दै थियो। अब देखि चोरी गर्छस खाते ! कस्तो चोर , जन्माएका आमाबाबुले पनि , भन्दै मुड्कीले जताततै हान्यो। ऊ घोप्टीएर रोइरहेको थियो। वरिपरि रमितेहरू दर्शक बनेर हेरिरहे।
बच्चा रोएको सुनेर , सोह्र, सत्रकी केटी भिडबाट हस्याङफस्याङ गर्दै त्यहाँ ,आईन्।
कुट्नेको हात च्याप्प समातेर भनिन्। “ओ! महाशय लाज छैन् , तिमीलाई? बच्चालाई कुट्ने तिम्रा हात भाँचिदिउ ? यति सानो बच्चालाई , आफ्नो सारा बल झिकेर हिर्काउने ? ढुङ्गाको मन ,भाको मान्छे !जाबो यौटा खेलौना तिम्रै अगाडिबाट लिएको हो। यो खेलौना खेल्ने बेला , यसैको हो, तिम्रो त हैननी!”
उनले पसलेको अनुहार हेरिन, र अचम्म मान्दै बोलिन् ! “तिमी नै हैनौ ? आज बिहान कार्यक्रममा , राष्ट्रिय बाल दिवसको अवसरमा मन्चमा उभिएर बालबालिकाहरूको हकहितको लागि बोल्ने? बालबालिकाहरूमा लगानी, सुनिश्चित भविष्यको थालनी भन्दै , भाषणमा ठूलठूला कुराछाट्ने मान्छे ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

13 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

13 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago