Categories: कविता

“मुसाले के भन्छ”

 

युगल बसेल
सन्धिखर्क- १

मुसो हुँ म मुसो , गर्छु यसो उसो
नबोल्नु है रुखो , नभन्नु है छुचो
दाँत मेरा तीखा, टोक्छु दाना निका
काट्छु किताब कापी, लुगा राडी पाखी
खुर्खुरी दगुर्छु , जे पनि भकुर्छु
खन्छु दुला ठुला , दुलामै लुकुँला
अन्न सक्यो भन्छौ, खेदेर लघार्छौ
पालेर बिरालो मेरै सेखी झार्छौ
नबन निठुरी , सहु चुरीफुरी
मुसेरी नथाप , बिख टाढै राख
बिरालो नपाल , बन रखवाल
यै सानो परान छ,देऊ बाँच्न के जान्छ ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

8 minutes ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

24 hours ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 day ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

1 day ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

2 days ago