Categories: कविता

“मेराे देश”

 

शिव पुन
खजुरा -३ बाँके

तराई गर्मी बहुतै , उत्तर चिसाे हिमाल
बहुत भाषा भु-गाेल , याे देश मेराे नेपाल।

सुदुर पुर्व इलाम , पश्चिम किल्ला दार्जुला
घुमेर हेर्दा इलाम , सुन्दर लाग्याे त्याे जिल्ला ।

गाेरखा मध्य गण्डकी , पर्वत म्यादी तनहु
पहाड बाट झरेर , बटौली पुग्याे तिनाउ ।

दैलेख हुम्ला सुर्खेत , पश्चिम बग्ने कर्णाली
मुलुक नयाँ नेपाल , बर्दिया बाँके कैलाली ।

सुन्दर काेशी बगर , आकाश छुने सगर
विश्वमै अग्लाे हिमाल , प्रसिद्ध पायाे संसार ।

शरद ऋतु बसन्त , प्रकृति हाम्राे देशकाे
झरना रारा तिलिचाे , लाग्दछ स्वर्ग झरेकाे ।

कस्तुरी डाफे मजुर , बसन्त फूल गुराँस
सुन्दर देश नेपाल , अमृत बुटी यहाँ छ ।

बुद्ध काे जन्म लुम्बिनी , पवित्र तीर्थ याे भुमि
मरेर फेरि जीवन , जन्मन पाउँ त्याे जुनी ।

आदर्श हाम्रा विभूति , जनक सीता भृकुटी
असुर नाश गरेथे , गणेश शिव पार्वती ।

साहसी वीर नेपाली , याेगी र कवि महात्मा
जन्मेथे तपाे भुमिमा , तपस्वी ऋषि महात्मा ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

15 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

16 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago