श्यामप्रसाद श्रेष्ठ
बागमती प्रदेश,हेटौँडा
“ए खसी,बाख्रा, कुखुरा चोरहरु हो ! तिमीहरु किन चोरेर खान्छौ ? यो कुकर्म छोडेर सुकर्मतिर लाग !” भन्दै काले स्यालको बथानलाई लखेट्दै गाउँ बाहिर रहेको जंगल छेउ पुग्यो।
काले फर्किन खोज्यो। तर बिडम्बना! कालेलाई चारैतिरबाट स्यालहरुले घेरिसकेको थिए। एउटा बुढो स्यालले र्याल चुहाउँदै सुपारी मुखमा राखेको जस्तो गरि कराउँदै भन्यो, “साथी हो ! यो दुष्ट धेरै अघि एउटा घरमा काम गर्थ्यो, त्यसबेला एकदिन मेरो परिवारको सबै सदस्यहरु एक जना मानिसको घरमा रहेको खसी,बाख्रा,कुखुरा खान दुःख गरेर खोर भत्काउँदै थियो,यसले थाहा पाएर लखेटेर मेरो परिवारलाई तितरबितर बनाएर बिछोड गराएको थियो। आज यसको बदला लिनु छ।”
अर्को स्याल उफ्रीदै बोल्यो, “यो एक पटक एउटा टोलमा बस्थ्यो, यो रातरातभर पहरेदार बनेर हामीलाई गाउँ भित्र पस्न नै दिँदैन्थ्यो। कति रात कति दिन यसको कारण हामीले गाउँको कुखुराको मासु खान नपाएर भोकै बस्नु परेको कारण श्रीमती पोइला गइन, छोरा छोरीहरु लथालिङ्ग बनाई दियो ।यसैले योसँग बदला लिनु थियो, आज मौका पायौँ।”
उसको स्वरमा स्वर मिलाएर अन्य केही स्यालहरुले समर्थन जनाए।
फेरि अर्को एक युवा घोर्ले स्याल बुर्लुक्क उफ्रीदै गनगन गर्दै भन्यो,“ धेरै बर्ष देखि हामीहरु मिलेर एकलौटि रुपमा राज गर्दै आएको यो गाउँको हाम्रो राज अहिले यो बदमासले छिन्न खोज्दै छ । अहिले यो खुब बफादार भएर सिँगो गाउँकै हेरचाह गर्न खोजिरहेको छ। यसले हामी स्यालहरुको हज्जारौँको घर परिवारलाई उजाड पारेको छ। यो संगठित अपराधी हो। यसैले योसँग हामीले बदला लिने यो सुनौला अवसर हो । यो अहिले हाम्रो घेरा भित्र छ। यसलाई यहाँबाट किमार्थ उम्किनु दिनु हुन्न। यसलाई सबै मिलेर लुछेर यसको अस्तित्व मेट्नु पर्दछ।”
सबै स्यालहरु क्रोधले आक्रोशीत हुँदै कालेमाथि आक्रमण गर्न तयार देखिन्थे।
त्यही बेला एउटा सामुहिक चर्को आवाज सुनियो। सबै स्यालहरुले आवाज आए तर्फ हेरे। नजिकै गाउँबाट हुलका हुल मानिसहरु कोही हातहतियार लिएर,कोही राँको बत्ती लिएर कराउँदै आफुहरु तर्फ अगाडि बढिरहेको देखे।
केशवमान सिंह बस्नेत कपाल कोर्नुस् 'लगाउनुस् ,जुत्ता मोजा नाना तयार हुनुस् ,झोला बोक्नुस , दिदी…
कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा कल्कल बग्ने हिमाली नदी सुन्दर महान मिलेर बस्छौँ…
प्रेम वली ढकलपुरे दाङ, हाल काठमाडौं क्या जमाना आयो अब एआइेको गयो जमाना हामी तपाईंको।…