Categories: बाल कथा

“अस्तित्व”

श्यामप्रसाद श्रेष्ठ
बागमती प्रदेश,हेटौँडा

“ए खसी,बाख्रा, कुखुरा चोरहरु हो ! तिमीहरु किन चोरेर खान्छौ ? यो कुकर्म छोडेर सुकर्मतिर लाग !” भन्दै काले स्यालको बथानलाई लखेट्दै गाउँ बाहिर रहेको जंगल छेउ पुग्यो।
काले फर्किन खोज्यो। तर बिडम्बना! कालेलाई चारैतिरबाट स्यालहरुले घेरिसकेको थिए। एउटा बुढो स्यालले र्याल चुहाउँदै सुपारी मुखमा राखेको जस्तो गरि कराउँदै भन्यो, “साथी हो ! यो दुष्ट धेरै अघि एउटा घरमा काम गर्थ्यो, त्यसबेला एकदिन मेरो परिवारको सबै सदस्यहरु एक जना मानिसको घरमा रहेको खसी,बाख्रा,कुखुरा खान दुःख गरेर खोर भत्काउँदै थियो,यसले थाहा पाएर लखेटेर मेरो परिवारलाई तितरबितर बनाएर बिछोड गराएको थियो। आज यसको बदला लिनु छ।”
अर्को स्याल उफ्रीदै बोल्यो, “यो एक पटक एउटा टोलमा बस्थ्यो, यो रातरातभर पहरेदार बनेर हामीलाई गाउँ भित्र पस्न नै दिँदैन्थ्यो। कति रात कति दिन यसको कारण हामीले गाउँको कुखुराको मासु खान नपाएर भोकै बस्नु परेको कारण श्रीमती पोइला गइन, छोरा छोरीहरु लथालिङ्ग बनाई दियो ।यसैले योसँग बदला लिनु थियो, आज मौका पायौँ।”
उसको स्वरमा स्वर मिलाएर अन्य केही स्यालहरुले समर्थन जनाए।
फेरि अर्को एक युवा घोर्ले स्याल बुर्लुक्क उफ्रीदै गनगन गर्दै भन्यो,“ धेरै बर्ष देखि हामीहरु मिलेर एकलौटि रुपमा राज गर्दै आएको यो गाउँको हाम्रो राज अहिले यो बदमासले छिन्न खोज्दै छ । अहिले यो खुब बफादार भएर सिँगो गाउँकै हेरचाह गर्न खोजिरहेको छ। यसले हामी स्यालहरुको हज्जारौँको घर परिवारलाई उजाड पारेको छ। यो संगठित अपराधी हो। यसैले योसँग हामीले बदला लिने यो सुनौला अवसर हो । यो अहिले हाम्रो घेरा भित्र छ। यसलाई यहाँबाट किमार्थ उम्किनु दिनु हुन्न। यसलाई सबै मिलेर लुछेर यसको अस्तित्व मेट्नु पर्दछ।”
सबै स्यालहरु क्रोधले आक्रोशीत हुँदै कालेमाथि आक्रमण गर्न तयार देखिन्थे।
त्यही बेला एउटा सामुहिक चर्को आवाज सुनियो। सबै स्यालहरुले आवाज आए तर्फ हेरे। नजिकै गाउँबाट हुलका हुल मानिसहरु कोही हातहतियार लिएर,कोही राँको बत्ती लिएर कराउँदै आफुहरु तर्फ अगाडि बढिरहेको देखे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

16 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

17 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago