Categories: कविता

“मेराे देश”

दुर्गा पौडेल
मेरो देश एक समय
कृषि प्रधान देश थियो
सबैजसो खाद्य पदार्थ यही उब्जन्थ्यो
त्यति मात्र होइन यहाँको अन्नपात
यहाँका जडिबुटी बाहिर निर्यात हुन्थ्यो
मानिसमा श्रम गर्ने बानी थियो
श्रम गर्न धेरै धन खर्चनु पनि पर्दैनथ्यो ।
मानिस धेरै पढेलेखेका थिएनन्
पढेका मानिसमा पनि श्रमगर्ने भावना थियो ।
श्रमशक्ति प्रशस्त देशमै थियो
तर अहिले समयले कोल्टे फेरेको छ
मानिस धेरै पढेलेखेका भएकाछन्
पढेपछि शारीरिक श्रम गर्नहुन्न भन्ने मान्यता पलाएकोछ ।
मानिसमा श्रम गर्ने बानी हराउँदै गएकोछ
खेतबारी दिनदिन बाँझिदै गईरहेका छन्
युवाहरू गाउँबाट पलायन भईरहेकाछन्।
बचेखुचेका बसाईसरी तराई झरेका छन्
पहाडी गाउँ ठाउँ सुनसान बनेका छन्
जङ्गल बढेकोछ बाँदर बढेकाछन्
बिरामी पर्दा र मर्दा पर्दा सहयोगी हात पाइँदैनन्
अहिले बाटोघाटो पहाडका गाउँ गाउँसम्म पुगेकोछ
तर मान्छे छैनन्
जतिबेला बुटवलबाट सामानहरू डोकोमा बोकिएर गाउँ गाउँसम्म पुग्थ्यो
त्यतिबेला गाउँघर गुलजार थियो
अहिले बाटो पुगेको छ तर गाउँ खाली छन् ।
पहाड तराईका खेतियोग्य जमिन घर घडेरी बनिरहेका छन् ।
कुनै समय खाद्यान्नमा आत्मनिर्भर देश
अहिले सबैभन्दा धेरै खाद्यान्न आयात गर्ने देश भएकोछ
त्यो मात्र होइन धेरै कुरामा परनिर्भर भईरहेको छ
मेरो मनमा अनेक प्रश्न उठ्छन्
के परनिर्भर हुनु भनेको बिकाश हुनु हो त ?
विदेशी सर सामान ल्याई देशको बजार
चलायमान बनाउनु सम्रिद्धि र विकाश हो त ?

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

भैरेको नियति र स्वास्थ्य सेवा

  घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…

1 day ago

टिकाेटालाे

शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…

1 day ago

“नारी महिमा”

शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…

1 day ago

बाल मुज्दुर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…

2 days ago

“हाम्रो नाति”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…

3 days ago

अभियान

राजन् कार्की पाजु धरान सुनसरी बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका…

3 days ago