Categories: बाल कथा

विपत्ति

भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट ४, नवलपुर

“मनसुनी वर्षा शुरु भयो । अब कहाँ कहाँ , के के हुने हो ? यो वर्ष पनि के के सुन्नुपर्ने हो ?” बुढाले भने ” तीनदिन लगातार झरी पर्छ रे मौसम विभागले भनेको छ , रेडियोमा । सतर्क रहनु होला। नदी, खोलाको छेउछाउका घरहरुमा पानीको बहाव बढी भए सुरक्षित स्थानमा तुरुन्त जानुहोस्।” समचारले उर्दी गरेको छ। मैले भने, ” झरी परेको बेला पाखो बारीमा कतै रोपाइँ चल्दै छ ? कसैले कोदो रोप्न अवसर छोप्दै छन् ? कसैलाई यो पानी मालामाल भएको छ त कसैलाई बिजोक भएको छ ?” सम्झदा नि दिक्क लाग्छ।
” त्यहीँ त अरुको के कुरा गर्छेस्, हाम्रै हेर्न ? कतिखेर घरबास उठ्ने हो थाहै छैन ? राती पनि ढुक्कले सुत्नु छैन।” बुढाले थपे ” लगातारको अविरल वर्षा छोराछोरी साथमा छैनन् । मन भुटुभुटु पोल्छ , के गर्नु खै ? छिनछिनमा फोन गर्छु , कतिखेर के हुँने हो ? अत्तोपत्तो छैन , पेट पोल्छ । मैले भने, हाम्रो नि भिज्ने सामान कसरी हुन्छ हटाउनु पर्यो । अर्काको घरमा कति सामान लाने हो र ? राख्ने ठाउँ नि हुँनु पर्यो फेरि बरु यहीँ माथि खाट उल्टो बाँधेर सामान राखौँ । खाद्यान्न, बिग्रने जति समान खाटमाथि राख्नलाई दुबै कस्सिए।
” राती ठुलै पानी पर्यो भने हामी नजिकैको विद्यालयतिर जाउँला । त्यहाँ सुरक्षित नि छ । खोलाको नजिकको घर भएर पनि वर्षाको समयमा त जगजगी मात्रै हुँने रहिछ ।” बुढीतिर हेर्दै भने, ” खोलो डरलाग्दो भएर आइसक्यो । बाढी र पहिरो सबै मिसिएर आएको छ । खोलो धमिलो छ ।” फेरि थपेएकछिनमा खबर आयो, “लौ तपाईंको त मकैबारी सबै पाखै पहिरोले लग्यो।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

13 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

13 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago