Categories: कविता

“मेरी कान्छी बैनी”


रञ्जुश्री पराजुली

मेरी सानीबैनी
घरमा सबकी प्यारी
म पछि जन्मेकी
मेरी कान्छीबैनी

नाम उस्को कमला
घरमा भन्छन् कान्छी
माया गरि बोलाउँने
नाम उस्को कान्छी

पछिल्लो सन्तानलाई
गाउँमा भन्छन् कान्छी
मेरीबैनी पछिल्ली
त्यसैले उनी कान्छी

चित्रकथा हेर्न
उनलाई मन लाग्छ
कापी कलम समाएर
लेखेपढे जस्तो गर्छिन्

पढ्न त्यति जान्याछैन
किताब पल्टाई
पढे जस्तो गरछिन्
मेरी कान्छी बैनी

कुकुरको छाउरा च्यापी
राम्ररी पढनुपर्छ भन्छिन्
पढ्नेलाइ माया गर्छन्
भन्छि मेरी कान्छी बैनी

कपडाको पुतली च्याप्प च्यापी
सङ्गैसुताउँछिन्
सपनीमा भुल्दै
आफू पनि निदाउँछिन्।

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

8 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

8 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago