Categories: बाल कथा

प्रकृति


बिन्दु पौड्याल (वस्ती)
भरतपुर महानगरपालिकामा -२, चितवन

“ए बाबु ! पढ् न पढ्। कति हैरान कटाउँछस् है हामीलाई नपढेर ।” आमाले सुनिललाई रिसको भाव व्यक्त गर्दै भन्छिन्।
सुनिल पनि के कम छ र । आमाका अगाडि किताब, कापी फिँजाउँछ, पढ्न बसेको अभिनय गर्छ।
आमाभित्र बाहिर गर्दा पनि छोराप्रति ध्यान दिँदै गर्छिन् । छोरोले कुर्चीमा बसेर टेबलभरि किताब, कापी फिँजारेको देखेर खुसी हुन्छिन् ।
पति प्रेमप्रसादको प्रवेश “छोरो के गर्दैछ ? कहाँ गयो ? उफ्रिन ? ” असन्तुष्टि मुद्रामा सोध्छन् ।
“यसले कहिले सुख दिने भएन । छिमेकीका छोराछोरी डाक्टर, इन्जिनियर भएका छन् । हाम्रो भने सधैं प्रअले बोलाएर अफिस जानुपर्छ।” दुःखी हुँदै बर्बराउँछन्।
“हैन हजुर ! के भयो फेरि आज ? कतै गएको छैन । किताब, कापी खोलेर पढिरहेको छ बिहानैदेखि ।” श्रीमतीले श्रीमान् लाई आश्वासन दिँदै भन्छिन्।
‘ पढ्न पर्ने कोर्ष नै गाह्रो हो कि, शिक्षकले पढाउन नसकेका हुन् कि, आफ्नै छोरो उस्तो हो कि ? म त केही बुझ्दिनँ ।” श्रीमान् ले भारी तनाव व्यक्त गर्छन् ।
मलाई त हिजैदेखि एउटा कुरामा शङ्का लागिरहेको छ। आजकलका केटाकेटीहरू आमाबुवालाई छल्न खुब सिपालु हुन्छन्। पढेको अभिनय गर्ने अनि भित्रभित्र …. के के हो के के ? पढाइप्रति भन्दा अन्य कुरामा दिमाग बढी चलाएपछि के पढ्न आउँछ र। पढेकै भए त यस्तो नतिजा पक्कै पनि आउने थिएन होला नि।
“सुन्नुस् न हजुर ! मानिसले केही नजान्ने भन्ने कुरै हुँदैन रे। हामीलाई पढाउँदा गुरुले भन्नुहुन्थ्यो । ईश्वरले सृष्टि गर्दा केही न केही विशेष गुण दिएर पठाएका हुन्छन् रे। यदि नहुँदो हो त जङ्गलका पशुपंछीलाई तालिम दिँदैमा कसरी बोल्न सक्थे त । तिनीहरूको प्रयोग गरेर कसरी मान्छेले आफ्नो जीविका चलाउन सक्थ्यो र।”श्रीमतीले विगतका कुरालाई वर्तमानका आँखाले नियाल्दै आशाको भाव प्रकट गर्छिन्।
त्यही त भनेको पढेपछि नआउने भन्ने त कुरै भएन नि । छिटो- ढिलो, धेरै-थोरै भन्ने मात्रै त हो नि । त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा भने व्यक्तिमा भर पर्छ ।
सबैमा सिक्ने क्षमता प्रकृतिले दिँदा दिँदै पनि आजका बालबालिकाहरू न भविष्यप्रति चिन्तित छन् न त अनुशासित । न त पढाइ संस्कृति नै छ । यस्ता प्रकृतिका लागि के गर्ने ? भन त अब तिमी नै ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

8 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

9 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

1 day ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

1 day ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

1 day ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

2 days ago