Categories: कविता

“मेरी प्यारी नातिनी”

मणिराज भट्टराई
गठ्ठाघर,भक्तपुर
हाल:हेमिल्टन,न्यूजील्याण्ड

मेरी प्यारी नातिनी
ज्ञानी छौ है अतिनै
मायाँ गरि बोलाउँदा
एकै छिनमा रत्तिने।

कोखाई कोखाई गरेर
बुबु माम ख्वाउँला
तारा बाजी लै लै
मीठो गीत गाउँला।

लै लै ला को भाखामा
थै थै गर्दै काखमा
न्यानो न्यानो पारेर
निन्द्रा ल्याउँछु आँखामा।

गुटुमुटु पारेर
झोलुङ्गाेमा सारेर
आँफु पनि निदाउँला
यही मौका छोपेर।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

2 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

2 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

3 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

1 day ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

1 day ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

1 day ago