आर पी गुरागाईँ
एकजना वकिलले आफ्नो घरको पुरानो इनार एकजना शिक्षकलाई बेचे। कागजमा सहमति भयो, मूल्य बुझियो, सम्झौता टुंगियो।
तर दुई दिनपछि , वकिल हातमा छडी हल्लाउँदै शिक्षककहाँ आइपुगे । अनुहारमा चालाखी मिसिएको मुस्कान थियो ।
“गुरुवर,” उनले भने , “इनार त बेचेँ , तर पानी त मेरो हो नि ! त्यो पानी प्रयोग गर्न चाहनुहुन्छ भने छुट्टै शुल्क तिर्नु पर्छ।”
शिक्षकले एकछिन मौन भएर वकिलको आँखामा हेरे । त्यसपछि शान्त स्वरमा उत्तर दिए, “त्यो कुरा भन्नु अघि म आफैँ तपाईँलाई भेट्न आउन लागेको थिएँ । भन्नु थियो—यदि पानी तपाईँको हो भने कृपया भोलिबाट आफ्नो पानी इनारबाट निकाल्न थाल्नुस् । नत्र म इनार भाडामा दिएको मान्नेछु र भाडा तिर्नुपर्नेछ।”
वकिलको मुस्कान एकाएक हरायो । अनुहार छोपिने गरी नजर झुक्यो । हचुवामा परेर भने, “ओहो ! मैले त तपाईँलाई जिस्क्याएको मात्र थिएँ, गुरुवर !”
शिक्षक मुस्कुराए , एकदमै शान्त भावले भने “यस्तै-यस्तै चञ्चल बालकहरू हामी शिक्षकहरूसँग पढेर नै वकिल बन्छन् ।”
यो सुनेर वकिल लाजले पानी पानी भए। सारा संसार फेरि एकपल्ट बुझे —शिक्षकको ज्ञान , धैर्य र तीव्र बुद्धिमत्तालाई कुनै पेशाले जित्न सक्दैन ।
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…