Categories: विविध

शिक्षक


आर पी गुरागाईँ

एकजना वकिलले आफ्नो घरको पुरानो इनार एकजना शिक्षकलाई बेचे। कागजमा सहमति भयो, मूल्य बुझियो, सम्झौता टुंगियो।
तर दुई दिनपछि , वकिल हातमा छडी हल्लाउँदै शिक्षककहाँ आइपुगे । अनुहारमा चालाखी मिसिएको मुस्कान थियो ।
“गुरुवर,” उनले भने , “इनार त बेचेँ , तर पानी त मेरो हो नि ! त्यो पानी प्रयोग गर्न चाहनुहुन्छ भने छुट्टै शुल्क तिर्नु पर्छ।”
शिक्षकले एकछिन मौन भएर वकिलको आँखामा हेरे । त्यसपछि शान्त स्वरमा उत्तर दिए, “त्यो कुरा भन्नु अघि म आफैँ तपाईँलाई भेट्न आउन लागेको थिएँ । भन्नु थियो—यदि पानी तपाईँको हो भने कृपया भोलिबाट आफ्नो पानी इनारबाट निकाल्न थाल्नुस् । नत्र म इनार भाडामा दिएको मान्नेछु  र भाडा तिर्नुपर्नेछ।”
वकिलको मुस्कान एकाएक हरायो । अनुहार छोपिने गरी नजर झुक्यो । हचुवामा परेर भने, “ओहो ! मैले त तपाईँलाई जिस्क्याएको मात्र थिएँ, गुरुवर !”
शिक्षक मुस्कुराए , एकदमै शान्त भावले भने “यस्तै-यस्तै चञ्चल बालकहरू हामी शिक्षकहरूसँग पढेर नै वकिल बन्छन् ।”
यो सुनेर वकिल लाजले पानी पानी भए।  सारा संसार फेरि एकपल्ट बुझे —शिक्षकको ज्ञान , धैर्य र तीव्र बुद्धिमत्तालाई कुनै पेशाले जित्न सक्दैन ।

सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

1 hour ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

2 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

2 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

1 day ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

1 day ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

1 day ago