Categories: कविता

“मेरो देश”

राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपर ठिमी ५ संगम काेलाेनी भक्तपुर

माेती झैं टलक्क टल्कि रहने
मुसुमुसु हाँसेर अटल भै उभि रहने
अनगिन्ती हिम श्रृङखलाहरू
सगरमाथाको देश मेरो देश।
डाफे र मुनाल नाच्ने कुस्तुरी मृग खेल्ने
काेहेलीकाे कुहुकुहु न्याउलीकाे मिठो भाषा
हरियाली बन पाखा
आहा कति रमाइलो छ,कति सुन्दर छ
सगरमाथाको देश भनी चिनिने
नेपाल देश मेरो देश।
लेखैमा फुल्ने लालीगुँरास चाँप र त्यो सुनाखारी
बेसीमा फुल्ने लालु पाते अनि टाँकीले
कति रमाइलो छ कति घमाईलाे छ मेरा देश।
हिमाल पहाड तराईको फाँट अङ्गाली
भौगोलिक विविधताले भरिएको
बहुलभाष बहु धर्म र संस्कृति
अनि आफ्नै भेषभुषामा पहिचान दिई बाँचेका
हामी स्वाभिमानी भै नेपाली।
जन्मिए यहीँ भृकुटी ,सीता ,
शान्तिकाे अग्रदुत गौतम बुद्ध र अरनिको पनि
मितेरीकाे हात बढाउदै विश्वा भरि चिनाए
स्वाभिमानी नेपालीको अखण्ड र स्वतन्त्र देश भनि
हाे यही नै नेपाल देश,वीर गाेर्खालीकाे
देश,अनि मेरो देश।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

22 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

22 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

3 days ago