Categories: कविता

“प्रअ साथी”

रामप्रसाद पन्थी
रेसुङ्गा न.पा. २ गुल्मी

विद्यालय मन्दिर हाे प्रअ पिठाधीश
पिठाधीश याेग्य भए खुसी हुन्छन् ईश

नेतृत्वकाे गुण राम्राे भए देखि हाम्राे
अनि मात्रै पाठशाला बन्छ पक्कै राम्राे

साझा लक्ष्य याेजनामा चलाैँ सधैंभरि
इमान्दार बनी पूरा गराैँ जिम्मेवारी ।

मिठाे बाेली हँसमुख लगनशील सीप
पेशागत दक्षताकाे बालाैं धूप दीप ।

मनाेविज्ञ बन्नुपर्छ सधैँ पारदर्शी
विचारमा सधैं हामी बनाैँ दूरदर्शी ।

समूहमा काम गराैँ नीतिभित्र बसी
शुद्ध बुद्ध बन्न सकाैँ लगाएर कसी

वस्तुनिष्ठ मूल्यांकन गराैँ आफैलाई
भराेसामा राख्न सकाैँ सबै साथीभाइ

चुनाैतिकाे बीचबाट उठ्न सकाैं माथि
आजैबाट अघि बढाैँ हैत प्रअ साथी ।

सबैखाले जनशक्ति उत्पादक हामी
छाड्ने हाे कि राजनीति गर्दै हिड्ने बानी

बिर्सिएर हुन जाला त्रुटि अनि भुल
सुकी जान बेर हुन्न सृजनाकाे मूल

आचरण ख्याल गराैँ दाग फेरि लाग्ला
इज्जत याे मेटाउने भूतप्रेत जाग्ला ।

पेशागत हक हित पूरा हुँदै जाऊन्
कहीं कतैबाट हुन नपराेस् है डाउन् ।

सभा गाेष्ठी सेमिनार कार्यशाला गरी
कर्मक्षेत्र समुज्जवल पाराैं सधैंभरि ।

आजैदेखि संकल्प याे गराैँ सबै जन
शिक्षाक्षेत्र उठाउन लागाैँ सब मन ।

विदा हुन्छु सबैमाझ राखेँ यति कुरा
आशा गर्छु भविष्यमा भई जान्छन् पूरा ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

11 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

11 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago