सचिन श्रेष्ठ
बाल विकास बोर्डिङ हाइ स्कुल
कक्षा :८
बूढानीलकण्ठ ,काठमाडौँ
मेरो देशको माटो सबैभन्दा प्यारो
छोडी जान कहीँकतै लाग्छ मलाई साह्रो।
हिमाल हेरे हिमाल राम्रो तराई हेरे तराई
जहाँ बसे पनि छैन कोही पनि पराइ।
हेरिरहूँ जस्तो लाग्छ पहाड र फाँट
ठूल्ठूला चुचुरामा चढ्न आउँछ आँट।
नदीनाला सललल बग्छन् बगरमा
कसैलाई बाँच्नुपर्दैन यहाँ कहरमा।
मेरो देश अमूल्य छ हामी सबैको लागि
जुर्मुराएर लाग्छौँ हामी जोसका साथ जागी।
कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…