प्रेम पुन मगर
“मलाई त तिमी नै बिजेता भएको हेर्न मन थियो। तर के गर्नु?” विश्वव्यापी वाद्यवादन प्रतियोगिताको उपाधि जितेको सागरले दिपकलाई देख्नेबित्तिकै भन्यो। दिपकले केही भन्नु अगावै फेरि उसले नै थप्यो।
” मेरो भन्दा तिम्रो क्षमता निकै उच्चकोटिको थियो। आर्थिक हिसाबले पनि मजबुत थियौ। तालिमको लागि तिमीले रकम तिरी दियौ र पो …। नत्र तिमीलाई कसले जित्न सक्थ्यो र?”
“यस्तो किन सोच्छौ सागर। तिमीले जित्नु पनि मैले जिते सरह त हो नि। के फरक पर्छ र? ” दिपकले यति भन्दै गर्दा उसको मनमा बिगत फनन घुम्यो र अझै गम्भीरतापूर्वक सोच्यो । ” जात र सामाजिक प्रथाहरुले हाम्रा प्रगतिमा किन बाधा पुर्याउछन्?”
त्यो समयमा सागरसँगै संगीत तालिममा भर्ना हुन जाने क्रममा उसलाई बुवाले यसरी रोकेका थिए।
“सारङ्गी र बाजा हाम्रो जातले बजाउनु हुँदैन।”
रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…