आत्माराम न्यौपाने
तराई पहाड हिमाल
एकताको मिसाल
मन मुटु विशाल
हाम्रो देश नेपाल।
हलो जुवा जोतारो
असारको हतारो
मङ्सिरमा धान फल्ने
हाम्रो देश पियारो।
शान्ति बाँड्ने चौतारी
हाम्रो साझा चिनारी
वैज्ञानिकी सोच हुने
हाम्रा सबै दौँतरी।
गुराँसले शोभा दिन्छ
तराईले खाना
उत्तरतिर हिमालय
हाम्रै देशका छाना।
ज्ञानी पूर्खा बाटो खन्ने
अरू पछि पछि
नेपालमै जन्म पाऊँ
फेरि मरेपछि!
गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…