कृष्ण बोहरा
त्रिपुरासुन्दरी ६
सिन्धुपाल्चोक
आज सम्म नहेरिएको आचम्मको मेला हेर्न राम,श्याम, हरि कस्सिएर भृकुटी मण्डपतिर गए। सीप मेलामा देशका गन्य मान्य नेताहरुको अनुहार पनि हेर्न पाईने उनीहरुको आशा थियो। हरिले त फ्याट्ट भनिहाल्यो, ” खै त यहाँ त चर्चित नेता त एउटा पनि देखिदैन त ? ” श्यामले उत्तर दियो, ” यहाँ नेताले सीप सिकाउने हैन मूर्ख, सीप सिकाउने त दक्ष मानिसहरु छ्न। ”
घरको वायरिङ्ग गर्नेदेखि मोबाइल मर्मत गर्ने सम्म, मोटर साईकिल मर्मत गर्नेदेखि मोटर मर्मत गर्नेसम्म, लुगा सिउनेदेखि कुक गर्नेसम्म जीवन उपयोगी सीप युवाहरुले सिकीरहेका थिए। रामले भन्यो, ” सीप सिक्नेको चाप बढेकाले आजवाट थप सीप संख्याको ब्यबस्था हुँदैछ रे ! ”
हरिले असन्तोष ब्यक्त गर्यो, ” बालेनको घैंटामा घाम लागे जस्तै देश चलाउने नेताका घैंटामा घाम लागेको भए नेपालका युवाहरु कति भाग्यमानी हुन्थे होला हगि ? “
गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…