भोलानाथ सुवेदी
बिहान चाडैं उढ्छ मेरो सानो भाइ
हातमुख धुन्छ साबुन लगाइ
खाजा खोज्दै खुरुखुरु भान्सामा जान्छ
आमाले दिएको कपाकप खान्छ
कुल्ला गर्छ खाएपछि धारामा गई
बिहानै एक घण्टा पढ्छ मन लगाइ
किताब कापी जतन गर्छ गाता लगाइ
अक्षर पनि सफा लेख्छ मन लगाइ
सबैलाई आदर गर्छ मेरो सानो भाइ
शनिबार नि स्कुल जान्छु भन्छ जिस्केर
सबैसँग बिदा मागी हिड्छ निस्केर
साथीसँग खेल्न हिड्यो हात हल्लाइ
मभन्दा नि जाँगरिलो बन्छ मेरो भाइ
सफा लुगा लगायो कोठाभित्र गई
हाँस्दै नाच्दै स्कुल गयो मेरो सानो भाइ ।
सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…
सीता वादी मन्त्री महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार,…
कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…