Categories: बाल कथा

जिम्मेवार को ?

चूडामणि नेपाल ‘अकिञ्चन’

प्रधानाध्यापक चुन्नुलालसँग रिसले आगो हुनु भएको थियो ।
‘अनि तँ किन भागेको त ?’
‘भोक लागेर सर ।’
‘अनि भात खाएर आउनु पर्दैन ?’
‘आमा थिएन सर ।’
‘आमा कहाँ जानुभयो त ?’
‘काममा गयो सर ।’


‘अनि विद्यालयमा खाजाघर थियो त ।’
‘पैसा थिएन सर ।’
‘अस्तिसम्म त भाग्दैनथिस त ?’
‘स्कुलले खाजा दिन्थ्यो सर ।’
‘डे्रस जुत्ता खै त ?
‘आमासँग पैसा छैन सर किन्दिदैन ।’
‘पुरानो थियो त ।’
‘मुसाले खाई दियो सर ’
‘दुईवटै गेट बन्द थिए ? कहाँबाट भागिस ?’
‘वालबाट जम्प गरेर भागेको ?’
‘हातखुट्टा भाँचिदैन ।’
‘खै भाँचिएन सर ।’
‘अझ मुखमुखै लाग्छस ।’
‘होइन सर । सरी सर । प्रश्नको उत्तर दिएको ।’
‘कसले सिकायो यस्तो बोल्न ?’
‘मेमले सर ।’
‘कुन मेमले ?’
‘पूजा मेमले सर ।’
‘आजसम्म के सिकिस ?’
‘पढन सर ।’
‘के पढन आउँछ ?’ ‘किताव सर ।’
‘किताव कापी कलम खै त ?’ ‘छैन सर ।’
‘तेरो नाम लेख र यो किताव पढ त ?’ ‘आउँदैन सर ।’
‘म पछाडी बसी रहन्छु कि कुनै सर मिसले मलाई पढन लेख्न लाउँदैन सर जान्ने जान्नेलाई मात्र माया गर्छ, सोध्छ, पढाउँछ ।’ चुन्नुलाल डराउँदै बोल्यो ।‘सर मिसलाई तँ भन्नु हुँदैन तपाईँ भन्नु पर्छ है ।’ म पनि अब तँलाई ‘तिमी’ भन्छु । ‘हुन्छ सर ।’ भन्दै ऊ मुसुक्क हाँस्यो ।
प्रधानाध्यापकले आँखा तानेर हामीतिर हेर्नुभयो । हामी खस्याक खुसुक गर्दै कक्षातिर लाग्यौँ ।

विराटनगर १

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

माते ! क्षमा म पाऊँ

खोलाघरे साहिलो देवीसमान आमा हुन् जन्मदायिनी हुन् माया दिई असाध्यै हुर्काउने उनी हुन् के त्याज्य…

11 hours ago

माता औँसी

शान्ता तिम्सिना भक्तपुर "सात बजिसक्यो छिटो उठ न ! मैले त नुहाइसकेँ ।" सानुले भनी।…

11 hours ago

आमाको माया

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ क-क-न-न भनेर मीठो बोल्न सिकाउँछिन् हात समाई बिस्तारै ताते-ताते गराउँछिन् मलाई…

12 hours ago

आमा

अम्बिका धिताल काभ्रेपलाञ्चोक हाल कमलविनायक भक्तपुर “आमा, तपाईँ किन बिहान बेलुका सधैँ भान्सामा मात्र अड्किरहनुहुन्छ…

12 hours ago

शीतलता

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर आमा दमको रोगी छिन् । उनलाई घरिघरि स्याँ स्याँ…

2 days ago

सहासको रङ

नन्दलाल आचार्य ​"त्यो खिया लागेको ढोका बाहिर यमराज मुस्कुराइरहेको छ, बाबु, तिमी भित्रै बस !"…

2 days ago